चर्खा लोप हुने अवस्थामा


कपासको धागो बटारने चर्खा लोप हुने अवस्थामा पुगेको छ । कपासबाट तयार भएका कपडाहरू स्थानीयले लगाउन छोडेपछि कपास खेती हराएको कारण चर्खा लोप भएका हुन् ।

अदानचुली गाउँपालिका– १ को कल्खे गाउँका नरजित महताराले घरघरमा कपासको धागो तयार गर्ने चर्खाहरू हाल लोप भएको बताए । उनले नयाँ चर्खा निर्माण नहुने र घरघरमा भएका पुराना चर्खा जीर्ण अवस्थामा पुगेको बताए । ती चर्खाहरू घरमा कवाडी सामानका रूपमा रहेका छन् । उनले पहिले एउटै घरमा सात वटासम्म चर्खा हुने गरेको बताउँदै यसबाट स्थानीयले धागो तयार गर्ने गरेका चर्खाहरू इतिहासमा परिणत भएको बताए । उनले पहिले कपास खेती गाउँभरि हुने गरेको कारण कपास उत्पादन धेरै हुने गरेको बताए । तर अहिले यसरी कपासबाट तयार भएको कपडाबाट ( ठेटुवा ) तयार हुने महिला तथा पुरुषका कपडा प्रयोग हुन छोडेपछि कपास खेती हराएको बताए ।

दक्षिणी हुम्लाका साबिकका श्रीनगर, कालिका, मैला र मदाना गाउँ विकास समितिका स्थानीयले स्थानीय उत्पादन भएका कपडाबाट उत्तरी हुम्लाका बिक्री गरेर राम्रो कमाई गर्दै आउनु भएको थियो । पहिले यी सबै क्षेत्रमा कपास खेती राम्रो हुने भएको कारण खेती गरिएको जग्गा सेताम्मे देखिने गर्थ्यो । अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहले तर अहिले ती कपडाहरू लगाउनै छोडेको कारण स्थानीयको आम्दानी घटेको र कपडाका लागि धागो तयार पार्न छोडिएको बताए । यसको संरक्षण हुनु आवश्यक रहेको बताउँदै उनले स्थानीय बासिन्दाहरूले स्थानीयले आफ्नै परम्परागत सीपबाट तयार पारिएका कपडा लगाउने चाहाना राख्नु आवश्यक रहेको बताए ।

कपडाको प्रयोग गर्न छोडिएपछि कपास खेती हराएको कारण धागो तयार पार्ने परम्परागत चर्खा पनि लोप हुनु स्वाभाविक भएको उनले बताए । उनले हाल चर्खाको प्रयोग हुन छोडेपछि पछिल्लो पुस्ताले यसको बारमा जानकारी समेत पाउन मुस्किल हुने बताए । यसले गर्दा स्थानीयको सीप र प्रविधि हराएको छ भने आम्दानीको राम्रो श्रोत गुमेको छ । स्थानीय कपडा हराएपछि अहिले महिलाले लगाउने गाउन र अविवाहित युवतीले लगाउने दौडा पनि लोप हुने अवस्थामा पुगेको छ ।

चर्खा लोप हुने अवस्थामा

देवीदेवताका थान गरिबको ‘न्यायालय’

चर्खा लोप हुने अवस्थामा

कार्यान्वयन नगर्ने भन्दै कर्णालीमा रोकिएका योजना सुचारु