रैथाने बाली जोगाउँ, खान सिकाउँ

परापूर्वकालदेखि उत्पादन हुँदै आएका बालिहरुलाई हामी रैथाने बाली भनेर बुझ्ने गर्छौ । हिमाली, पहाडी र भित्रि पहाड तथा तराईका जिल्लाहरुमा मौसम, हावापानी सुहाउँदो विगतदेखी रैथाने बाली लगाउने गरिएको छ । रैथाने बाली सामाजिक तथा आर्थिक मुल्य बोकेका बालीहरु हुन । जुन मानव भोजन र पशुको आहाराको साथै औषधीजन्य प्रयोजनका लागि समेत प्रयोग गरिन्छ । यी बाली कुनै ठाउँ विशेषको स्थानीय हावापानिमा पाईन्छ ।

देशका विकट भेगमा खाद्य तथा पोषण सुरक्षाका लागि वरदान साबित छन् । नेपालका प्रमुख रैथाने बालीमा छिर्केमिर्के सिमी, मिठे र तितेफापर, भाँगो, नेपाले भट्ट, सेतो भट्ट, मार्सीधान, पोखरेली जेठोबुढो, घैयाधान, जोरायल, बासमती, दर्माली, गुडुरा, गौरिया जस्ता खाद्य वस्तु पर्दछन् ।

स्थानीय रैथाने बाली जोगाउने हो भने व्यक्तिगत, सामाजिक र राष्ट्रकै आर्थिक विकासमा टेवा पुग्छ । पहिलो कुरा त अहिले युवा जति सबै खाडी मुलुक छन् । भएका केही युवा पनि काम गर्ने भन्दा पनि बेरोजगार भयौ भनेर निरासा व्यक्त गर्नेलाई त्यही रोजगारी मसला मिलेको छ । यकातिर रैथाने बालि लोप हुन थाल्यो । भन्ने चिन्ता छ अनि अर्कोतिर सरकारले बिकट कर्णालीका जनतालाई पौष्टिक चामल खुवाउने कार्यक्रम राखेको छ ।

खाद्य तथा व्यापार कम्पनि लिमिटेडले कर्णालीका पाँच जिल्लामा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल वितरण गर्न सुरु गरेको छ । रैथाने बालीलाई आधुनिकिकरण गरेर स्थानीय तहले त्यसको बारेमा चासो चिन्ता लिए त्यो सम्भव छ । र यो आयातित व्यापारका लागि लगिएको चामल भन्दा कर्यौ गुणा स्वास्थ्यवद्र्धक र गुणकारी अनि आर्थिक हिसावले उपलव्धीमुलक हुन्छ ।

स्थानीय स्तरमा उत्पादित बस्तुको राम्रो बजार नपाउँदा र उत्पादन घट्दा स्थानीय निरास हुनु स्वभाभिक पनि हो । जुन पेसा अपनाउँदा परिवार पाल्न र पालिन पुग्दैन भने त्यो गरेर पनि नहुने । जति उत्पादित छ त्यसको मुल्य नखोजी, बजार नखोजी सस्तो मुल्यमा बाहिर पठाएर बाहिरबाट महङ्गो मुल्यमा चामल लगायत खाध्य सामाग्री किन्नमा प्रोत्साहन सरकारले गरिरहेको छ ।

यसलाई स्थानीय तहले आफ्नो ठाउँमा उत्पादन हुने बस्तुको महत्व, स्वाथ्यका हिसाबले कति गुणकारी भन्ने कुरा बुझाउनु पर्छ । जस्ले रैथाने बाली लगाईरहेका छन् उनीहरुलाई आर्थिक, नैतिक, भौतिक, बीउ पुँजी कोमा समस्या छ त्यो पहिचान गरेमा यसलाई बढावा दिन मद्दत पुग्छ । त्यसैगरी उपभोग गर्ने तरिका, यसका फाईदा बाहिरबाट आयातित खाद्य पदार्थबाट स्वास्थ्यमा पर्ने सकारात्मक तथा नकारात्मक असरका बारेमा स्थानीयबासीलाई बुझाउन सकेमा पनि यसको संरक्षणमा मद्दत पुग्छ ।

नेपाली स्थानीय बजारमै राम्रो मुल्यमा बिक्रि हुने खाद्य पदार्थ पनि सिधा किसानले त्यो बिक्रि बापतको पैसा पाउने हो भने पनि किसानलाई यसमा सकारात्मक उर्जा थपिन्छ । त्यसको लागि स्थानीय सरकारले आफुले खरिद गरेर बजार व्यवस्थापन गर्ने यात बजार मुल्यमा बिक्री गर्ने वातावरण बनाउने हो भने पनि यसको राम्रो उत्पादनमा कृषकले ध्यान दिन्थे कि ? उत्पादन पनि कम, आम्दानी पनि कम हुनाले रैथाने बाली उत्पादकहरु निरास बनेका छन् ।

सबैभन्दा पहिला त रैथाने बालीको महत्व बुझाउन जरुरी छ । यो सबै सुबिधाभोगी र स्वादे जिब्रोका कारण भएको हो भनेर बुझाउनुपर्छ । खान नपाएर होइन खाने मात्रा मिलाउन नजानेर प्रजनन् उमेर समूहका ३४ प्रतिशत महिला, ४३ प्रतिशत ५ वर्ष मुनिका बालबालिका र ३९ प्रतिशत किशोरीहरुमा रक्तअल्पताको समस्या रहेको पाईएको छ ।

यसको एउटा महत्वपूर्ण कारण हो पौष्टिक तत्वको कमि तर यहाँ बुझाईन्छ कि खाद्य पदार्थ अभाव । खाद्य पदार्थ भनेको के चामल मात्रै हो त ? पौष्टिक तत्वका हिसावले त त्यो चामल भन्दा स्थानीय रुपमा उत्पादिन कागुनो, फापर, कमै, कोदो, मट्ट, जौ, आलु लगायतका खाद्य पदार्थमा कयौ गुणा स्वास्थ्यका लागी आवश्यक पोषक तत्व मिल्छ भनेर बुझाउन जरुरी छ ।

रैथाने बाली जोगाउँ, खान सिकाउँ

परमेश्वरको मन्डली विश्व सुसमाचार समाजद्धारा सरसफाई

रैथाने बाली जोगाउँ, खान सिकाउँ

कृषि विकास बैंकले माग्यो १ सय १२