राउटे बालिकाको मृत्युु

बिहिबार राती राउटे समुदायमा एक बालिकाको मृत्युु भएको छ । मृत्युु हुनेमा हरि बहादुर शाहीकी १२ बर्षिया छोरी दुर्गा शाही हुन । मृतक बालिका एक महिना अघिदेखि बिरामीले थलिएकी थिईन ।
एक महिनादेखि बिरामी थिईन । आँखा पहिलो थियो, सन्चो थिएन । हामीले खानपिनमा ध्यान दिनु भनेका थियौ ।
औषधी खाँदा बिराम सन्चो हुँदै गएको थियो माघे संक्रान्तिमा खानपिनले गर्दा बिरामी च्याप्यो । गए राती मृत्यु भयो । हामी बिहान ७ बजे बस्तिमा जांँदा मृत्युु भएको राउटे जानकारी दिएको राउटे समुदायमा काम गर्दै आएका सोसेक नेपालका कर्मचारी लाल बहादुर खत्री बताए ।
मान्छेको मृत्युु हुने बित्तिकै यो समुदायको परम्परा अनुसार उक्त स्थान (ठाउँ) छाडेर अन्यत्र जानुपर्ने भएकोले भैरबी गाउपालिकाको ४ को गडजिउलामा बस्दै शुक्रबारनै राउटे समुमदाय दाहसंस्कार गरी चामुन्डाबिन्द्रासैनी नगरपालिका ४ सुईयातडामा बसाई सारेका छन् । दुई बर्ष यतादेखि राउटे जनसंख्या घटदै गएको छ । केही महिना अघि दिपक शाहिकी श्रीमतिमा यस्तै लक्ष्यण देखिएर मृत्युु भएको थियो । मृतकसगै अब राउटे समुदायकाे जनसख्या १३७ संख्यामा रहेको छ ।







