ग्रामीण क्षेत्रका महिलालाई आर्थिकरूपमा सशक्त बनाउन जरुरत छ : अध्यक्ष ज्ञवाली


जुम्लामा महिला उद्यमी महासंघ नेपालले महिला उद्यमी संघ गठन गरेको छ । ग्रामीण क्षेत्रका महिला दिदीबहिनीलाई उद्यमी बनाउनुपर्छ, भन्ने उदेश्य महिला उद्दमी संघ गठन गरेको हो । जुम्लाका महिलालाई चार दिन उद्यमी सम्बन्धि तालिमको आयोजना गरि महिला उद्यमी संघ गठन गरिएको महिला उद्यमी महासंघ नेपालका केन्द्रिय अध्यक्ष शोभा ज्ञवाली बताइन् । उनले भनिन्, ‘राज्यको अर्थतन्त्रमा महिलाको सहभागिताले अर्थपूर्ण महत्त्व छ ।’
महासंघको उद्देश्य भनेको देशभरिका महिलालाई आर्थिकरूपमा कसरी सशक्त गराउन सकिन्छ भन्ने हो । देशभरि महिला उद्यमीका लागि महासंघले काम गर्दै आएको र एकमात्र छाता संगठन हो।सधैंभरि चुलोचौकामा सिमित हुने महिलालाई उद्यमी बनाउनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘अर्थतन्त्रका महत्त्वपूर्ण आधार कृषि, उद्योग व्यवसाय, पर्यटन, पेसागत र वैदेशिक रोजगार जस्ता क्षेत्रमा महिलाको सहभागिता बढिरहेको छ । यो राम्रो सकारात्मक छ ।’
अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षता तथा जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतको प्रमुख आतिथ्यतामा महिला उद्यमी संघ गठन गरिएको थियो ।
सबै जिल्लामा महिला उद्दमी संघ गठन गरिनेछ । बिस्तारको क्रम जारी छ। महासंघमा ५ हजार २ सय ५० बढि लघुउद्यमी महिला आवद्ध छन् । अप्रत्यक्षरूपमा ५० हजारभन्दा बढी छन् । उनले भनिन् साना तथा मझौला व्यवसायीको छाता संगठन हो । अहिले राज्यले पनि नीति बनाउनेदेखि अन्य विषयमा हामीसँग राय पनि लिइराखेको अवस्था छ ।
महिलाद्वारा उत्पादित सामाग्रीहरुको विक्री वितरण सहजीकरण गर्नका सजिलो हुने उनको दाबी थियोे।उनले देशभरका महिला उद्दमीको आर्थिक संशक्तिकरण, स्वावालम्बी, व्यवसाय प्रबर्द्धन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको पहुँचमा महिला उद्दमिको व्यवसाय कसरी बढाउने उत्पादनमा गुणस्तरता, वित्तीय पहुँच र संजाल विस्तार लगायतका कार्यक्रममा महासंघले सहयोग गर्ने प्रतिवद्वता जनाइन्।
व्यापार व्यवसाय प्रवर्द्धनमा स्थानीय तहको महत्त्वपुर्ण भुमिका रहने पनि स्मरण गराइन्।त्यस्तै कार्यक्रममा प्रमुख अतिथि तथा चन्दननाथ नगरपालिका जुम्लाका मेयर राजुसिंह कठायतले स्थानीय सरकारले पहिले देखि गर्दै आएको कामलाई महासंघले पुणर्ता दिने कामको थालनी गरेको प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा स्थानीय तहबाट पुर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। सहभागी महिला सुस्मिता खत्रीले चार दिने उद्यमी तालिमले राहत मिलेको बताइन्।जुम्लाको परिवेशमा यो आवश्यक थियोे।यो तालिम महिला उद्यमीका लागि मार्गदर्शक बनेको छ ।
जुम्लाको फापर,सिमी,आलु स्याउ,कोदो,चिनो कागुनो लगायतका रैथाने बालिका परिकार बनाउन मद्दत पुग्नेछ।कार्यक्रममा उत्पादित बस्तुको डिजिटल प्रविधिबाट बजारीकरण लेभकिङ्गि प्याकेजिङ्ग बारेमा सिकाइको थियोे। अध्यक्ष ज्ञवालीका अनुसार आर्थिक विकासको लागि उद्यमी एकदमै आवश्यक छ ।
उद्यम–व्यवसायले आफूलाई आत्मनिर्भर मात्र बनाउँदैन, मुलुककै अर्थतन्त्रलाई समेत टेवा दिन सक्छ भन्ने सोच धेरै महिलामा पाइन थालेको छ।अब उद्यम–व्यवसायमा जागरुक महिलालाई परिवार, समाज र सरकारका तर्फबाट निरन्तर प्रोत्साहन भने हुनुपर्ने जरुरत छ ।






