बालकुमारी घटनापछि सुर्खेतमा पनि ‘युवा विद्रोह’


उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै सुर्खेतमा ‘युवा विद्रोह’ प्रदर्शन भएको छ । ललितपुरको बालकुमारीमा दुई युवाको प्रहरी दमनबाट मृत्यु भएपछि सुर्खेतमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरिएको हो ।
शनिबार ‘युवा विद्रोह’ नाम दिएर युवाहरु बालकुमारी घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका हुन् ।

सडकमा उत्रिएर स्थानीयहरुले प्रदर्शन थालेका थिए । घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने जस्ता मागहरु राख्दै स्थानीयले प्रदर्शन गरेका हुन् । मृतकका आफन्त तथा विभिन्न राजनीतिक दलका युवाहरूले सडकमा टायर बालेर प्रर्दशन गरेका थिए ।

सरकारको कार्यशैलीले देशमै सुरक्षाको वातावरणको ग्यारेन्टी गर्न नसकेको भन्दै युवाहरूले सरकारको चर्को विरोध गरेका छन् । मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग उनीहरूको छ ।

बालकुमारी घटनापछि सुर्खेतमा पनि ‘युवा विद्रोह’

YUGAAWHAN NATIONAL DAILY (2080-09-14)

बालकुमारी घटनापछि सुर्खेतमा पनि ‘युवा विद्रोह’

महिला पत्रकार र महिला सांसदबीच मैत्रीपुर्ण भलिबल