शिक्षिका हुदाँ विद्यार्थी पढाउने रिता आजभोलि हाँस पढाउछिन्

जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँकी ५५ वर्षकी रीता चौलागाई विहानैदेखि बेलुका अबेर सम्म हाँस स्याहारसुसारमा व्यस्त हुन्छिन् ।

दैनिकी जसो उनी हाँसको दानापानी र रेखदेखमै व्यस्त देखिन्छन् । रिता प्रावि तहको पूर्व शिक्षिका पनि थिइन् । उनले जागिरबाट स्वेच्छिक अवकाश लिइन् । रिता अहिले नियमित हाँसपालनमा सक्रिय छिन् । लोकमणी बहुपंक्षी पालन टर्की फर्म दर्ता गरेर उनले हाँस पालन गरिरहेकी हुन् ।

फर्म २०७४ सालमा दर्ता गरिन् । उनलाई ६१ वर्षका श्रीमान नारायण चौलागाईको पनि राम्ररी साथ सपोट छ । चौलागाई पनि सरकारी जागिरे थिए । २०७६ सालमा सीप विकास कार्यालयको प्रमुख भएर उनले जागिरबाट अवकाश लिए ।

आजभोलि दुवै श्रीमान र श्रीमती मिलेर नमुनाको हाँसपालन गरिरहेको रीता (बुढ्थापा)चौलागाई बताउँछिन् । सरकारी जागिर खाएका कर्मचारी अवकाशपछि केही गर्दैनन् भन्ने भ्रमलाई चिर्ने र बेरोजगार युवा पुस्ताले वैदेशिक रोजगार मात्रै जानुपर्छ भन्ने भ्रम उनीहरुको जोडीले चिरेको छ । यता नारायण चौलगाईले भने, ‘जुम्लामा व्यवसायिक रुपमा थालिएको यो पहिलो हाँसपालन हो । तर,युवा पुस्ताले यो पेसामा रुचाउदैनन् ।’ दुख्न लाग्छ उनी भन्छन् । जिल्लाभर हाँसपालन गर्न किसानलाई प्रेरित गर्ने तयारी भइरहेको छ ।

उनको फर्ममा अमेरिकन पेकिङ जातको हाँस पालिएको छ । अमेरिकन पेकिङ हाँस ४५ दिनदेखि ६० दिनमा दुईदेखि ढाई किलो हुने अमेरिकन पेकिङ हाँस हो । पेकिङ मासु र अण्डाको लागि उपयुक्त छ । दैनिक तीन क्यारेट अण्डा बिक्री हुन्छ । दैनिक तीन हजार ६ सय रुपैयाँ आउँछ । दानामा दुई हजारदेखि २५ सय खर्च हुन्छ भने बाँकी आम्दानी हुन्छ । आम्दानी हात लाग्दा उनकी श्रीमती रिता खुसी हुन्छिन् । चाइनीज चल्ला निकाल्न र मासुको लागि राम्रो छ ।

हाँसपालन त्यति सजिलो छैन । रीताले भनिन्, ‘दाना सहज रुपमा पाइँदैन । एक बोरा दानाको ३ हजार पााँच सय देखि चार हजार रुपैयाँ पर्छ । तयारी दाना नेपालगन्ज हुँदै ल्याइन्छ । तर हाँस पाल्नुको आनन्द छुट्टै छ ।’

तस्बिर गोल्डेन बुढा

अहिले दुई सय बढी हाँस छन् । एक सय ५० बढी लोकल कुखुरा छन् । उनिहरुले आफ्नो सात सय बर्गमिटर क्षेत्रफल लोकमणी बहुपंक्षी पालन टर्की फर्म दर्ता खोलेका छन् । उनले सुरु गर्दा करिब १२ लाख बाट सुरु गरेको नारायण बताउँछन् । उनका अनुसार दुई लाख कम्पाउड व्यवस्थापन, साढे तीन लाख जेनेरेटर, एक लाख ५० चल्ला निकाल्ने ह्याचरी (मेसिन ५ सय १२ क्षमता) को हाँसलाई पौडिनने ६० हजारको पोखरी निर्माण र एक लाखको सोलार लगायत गरि १२ लाख लगानी छ ।

बजारमा मासुको माग बढ्दो छ । चल्लाको माग पनि धेरै छ । माग अनुसारको मासु र चल्ला पुर्याउन सकिएको छैन । प्रतिकेजी हाँसको मासु आठ सय रुपैयाँ पर्छ ।

यस्तै एक क्यारेक्टर अण्डा एक हजार दुई सय रुपैयाँमा बिक्री गर्छन् । फाट्टफुट्ट ४५ रुपैयाँ पर्छ । फागुन महिनादेखि शाउनसम्म बढी अण्डा फाल्छन् । लोकल कुखुराको मासु प्रति केजी एक हजारमा बिक्री भइरहेको रिताले बताइन् ।

अहिले उनको गाउँका हरेक घरमा हाँस पालिएका छन् । व्यवसायिक रुपमा हाँसपालिका गरिएको यो पहिलो फर्म हो । १५ वर्ष शिक्षण पेसामा रहेर काम गरेकी रीता आफनो यो पेसा रोजेपछि छुट्टै आनन्द हुने गरेको सुनाउछिन् ।

उनको फर्म बाट लिएर जुम्लाका सबै गाउँ –गाउँमा फाट्टफुट्ट पालन गरेको देखिन्छन् । उनले भने,‘फर्म अवलोकन गर्न दैनिक दर्जनौं मानिसको भिड आउजाउ गर्छन्।’

हाँसपालनबारे सोधपुछ गर्छन् । रीताले भनिन्, ‘हाँसपालनको लागि जुम्लाको हावापानी निकै सुहाँउदो छ ।’ ९९ प्रतिशत रोग लाग्दैन । वर्षमा एक हाँस चार केजीसम्म हुर्काउन सकिन्छ । एक हाँस न्यूनत्तम एक हजार सात सय देखि एक हजार नौं सय रुपैयाँमा बिक्छ ।

अहिले यहाँ उत्पादन भएका हाँसका चल्ला छिमेकीको जिल्ला मुगु, कालिकोट र डोल्पा जिल्लासम्म लगिएका छन् । उनीहरुले चार वर्ष पहिले टर्की पालन गरे । पहिलोपटक दुई सय जोडी ल्याएर परीक्षण गरे ।

एक सय ५० लौकाट पालेको सुनाए । टर्की मासुको लागि उपयुक्त भएपनि काट्न बधशाला नहुँदा समस्या देखियो । बट्टाइ पालन पनि गरे । उनले पालेका टर्की, लौकाट र बट्टाइ कर्णालीको कालिकोट, मुगु र डोल्पासम्म पुगेको थियो ।
अहिले भने उनीहरुहरु हाँसपालनलाई व्यवसायिक तरिकाले पालेको बताउँछन् ।

नारायणले भने, ‘हाँसपालन नाफामूलकभन्दा पनि अनुसन्धानमूलक रुपमा पालन गरिएको हो । जुम्लामा पहिलो हाँसपालन गर्ने किसानका रुपमा इतिहासमा दर्ज गर्न पालेको हुँ ।’ हाँस पंक्षीमा बुद्धिजीवी चरा हो। धामी, झाँक्री, गर्भवती र सुत्केरीलाई अण्डाको माग छ ।

उनी जुम्लाकै नयाँनयाँ प्रजातिका पंक्षी, बाली भित्र्याएर अनुसन्धान थाल्ने किसानका हिसाबले परिचित छन् । उनले पहिलो पटक च्याउ खेति गरे । उनको सिको सबैले गरिरहेका छन् । मह उत्पादनदेखि मौरीपालन गरे ।

उनले ३२ वर्ष मौरी संग रमाए । कृषि उत्पादनमा अत्यधिक मात्रामा प्रयोग हुने विषादी आदि कारणले मौरी राम्रो हुन सकेन । उनी संग अहिलेसम्म १५ घार मौरी छन् । मह प्रशोधन प्रविधिको आविस्कार गरे ।

फलस्वरुप उनी जनसेवा श्री पदकबाट विभुषित भए । जिल्ला र नगरपालिकाले उनलाई उत्कृष्ट किसानका रुपमा सम्मान तथा पुरस्कृत गरिरहेको छ । उनले मौरी पाल्ने किसानलाई तालिम समेत दिने गरेका छन् । हाँसपालनबाट उनको झण्डै ३० देखि ३५ लाख रुपैयाँ सम्मको वार्षिक रुपमा कारोबार भइरहेको छ ।

शिक्षिका हुदाँ विद्यार्थी पढाउने रिता आजभोलि हाँस पढाउछिन्

अपांगमैत्री भवन नहुँदा समस्या

शिक्षिका हुदाँ विद्यार्थी पढाउने रिता आजभोलि हाँस पढाउछिन्

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खेलकुद सप्ताह