खादा र प्लाष्टिकका फुलमाला प्रयोगमा निषेध

नेपालको पर्यटको मुटु मानिएको मुगुको रारा तालको काखमा रहेको छायाँनाथ रारा नगरपालिका भित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य वस्तुबाट निमार्ण गरिएका फुलमालाका सामग्रीहरु प्रयोगमा निषेध गरिएको छ ।

छायाँनाथ रारा नगरपालिकाले पालिकाभित्र हुने सार्वजनिक कार्यक्रमका साथैं नजिकिँदै गरेको नेपालीहरुको महान पर्व वडादशैं, तिहार, छठ लगायत अन्य चाडपर्वमा बाहिर जिल्लाबाट आयात गरेर ल्याइने खादा, प्लाष्टिकका फुलमालाका सामग्री प्रयोगमा रोक लगाएको छायाँनाथ रारा नगरपालिका नगर प्रमुख बिस्नुकुमार भामको हस्ताक्षर जारी गरेको एक सूचनामार्फत् जानकारी दिएका छन् ।

‘स्थानीयरुपमा कृषकले उत्पादन गरेका फूलको प्रयोगमा जोड दिँदै बाहिरबाट आयात हुर्ने खादा र प्लाष्टिकका मालामा रोक्न नगरपालिकाले रोक लगाउर्ने यस्तो निर्णय गरेको हो’, नगरप्रमुख भामले भने, ‘अबदेखि पालिकाभित्र हरेक सार्वजनिक कार्यक्रममा खादाको सट्टामा स्थानी यस्तरमा उत्पादन हुने फूल र फूलबाट बनेका वस्तुलाई प्रयोगमा ल्याइने छ ।’

अनावश्यक रुपमा खादा र प्लाष्टिकका माला प्रयोग बढ्दै जाँदा बातावरणमा असर हुने यता स्थानीय स्तरमा उत्पादित फूलले बजार नपाएर खेर जाने गरेको उनको भनाइ छ । खादा र प्लाष्टिकजन्य माला सामग्री भित्र्याउँदा पालिकाबाट एकातर्फ रकम बाहिरिने र अर्कोतर्फ किसानको उत्पादन, श्रम र पसिना खेर जाने अवस्था पनि आउने गरेकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिने पालिकाको नीति तथा योजनाअनुसार यस्तो निर्णय गरिएको नगरपालिकका उपमेहेर ऐश्वय मल्लले बताएकी छन् ।

‘छायाँनाथ रारा नगरपालिका धार्मिक तथा सांस्कृतिक, प्राकृतिक रुपमा एक भरिपूर्ण नगरपालिका हो । पालिकाभित्र रहेका वन जंगलमा समय मौसम अनुसार सप्तरङ्गी लालीगुराँस लगायतका अन्य विभिन्न प्रकारका फूल प्रसस्त रुपमा पाइन्छन्’, ‘तिनै उत्पादित फूलको अब आउँदा दिनमा भरपुर उपयोग गर्ने गरी योजना बनाएर काम गर्नुपर्छ, त्यसका लागि गाउँपालिकाले चालेको पहिलो र महत्वपूर्ण निर्णय पनि हो ।’

छायाँनाथ रारा नगरपालिकाले चालु आवको नीति तथा कार्यक्रमै पालिकाभित्रका सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिक जन्य सामग्री प्रयोगलाई हटाउने नीतिगत निर्णय गरेको थियो । सोही बमोजिम कार्यपालिकाको बैठक बसेर पालिकाभित्र खादा र प्लाष्टिकजन्य फुलमाला जुनसुकै कार्यक्रममा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

पालिकाको निर्णयले पालिकामा पर्यावरण सुरिक्षित राख्न तथा नगरपालिकालाई स्वच्छ, सफा र हराभरा राख्नमा पनि सहयोग पुग्ने नगरपालिकाले विश्वास लिने प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले बताएका छन् ।

खादा र प्लाष्टिकका फुलमाला प्रयोगमा निषेध

नेपाली बजार सुनसान तर भारतीय बजारमा किनमेल

खादा र प्लाष्टिकका फुलमाला प्रयोगमा निषेध

जाजरकोट र डोल्पामा चामलको अभाव

This will close in 0 seconds