गुर्भाकोटमा निशुल्क कान चेकजाँच शिविर

गुर्भाकोट नगरपालिका वडा नं. ८ सभा हलमा निःशुल्क कान चेकजाँच शिविर सम्पन्न भएको छ । सामाजिक कार्यमा सक्रिय सामाजिक सञ्जाल गुर्भाकोट ग्यालरीको आयोजनामा शिविर सम्पन्न भएको हो । उक्त निःशुल्क शिविरमा गुर्भाकोट नगरपालिकाका स्थायीय ८७ जना पुरुष र १४३ जना महिला गरी २३० जनाले सेवा लिएका थिए ।
गुर्भाकोट नगरपालिकाभित्र बिभिन्न सामाजिक सेवा र सचेतनामुलक काम गर्दै आएको गुर्भाकोट ग्यालरीले आफ्नो तेस्रो बार्षिकोत्सवको अवसरमा असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म गुर्भाकोट नगरपालिकाका बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरिरहेको छ । ब्रिनोज कान स्वास्थ ब्रिनोज काँन स्वास्थ्य सेवा फुल्टेक्रा नेपालगंजबाट डाक्टरको टिमले शिविरमा चेकजाँच गरेको थियो । घर नजिकै निशुल्क सेवा लिन पाउँदा स्थानीयले खुशी ब्यक्त गरेका थिए ।







