सबै खाले बीमालाई प्रभावकारी बनाउन मुख्यमन्त्री शर्माको आग्रह

सुर्खेत । कर्णालीका मु्ख्यमन्त्री राजकु्मार शर्माले  सबै खाले बीमालाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । नेपाल बीमा प्राधिकरणको ५५ औं वार्षिकोत्सबको अबसरमा सोमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले सहर केन्द्रित मात्रै नभएर गाउँगाउँसम्म पुगेर जनताको जीवन र सम्पतिको बिमा कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री शर्माले बिमा प्रदेश सरकारको तर्फबाट सहयोग गर्न तयार रहेको समेत बताउदै बिमा कम्पनिको पनि व्यवहारमा परिवर्तन आउनुपर्ने, सामाजिक न्याय सहितको आर्थिक विकासमा जोड दिनुपर्ने, विपन्न वर्गले पनि बिमाबाट लाभ पाउने गरि चेतना बढाउनुपर्ने बताए ।

नेपालको बर्तमान आर्थिक स्थितिको बारेमा धारणा राख्दै नेपाल राष्ट्र बैक कर्णाली प्रदेश प्रादेशिक कार्यालयका प्रमुख बाबुराम कोइरालाले बिमा क्षेत्रमा काम गर्दा, बिमा लिदा जुन मेहनतका साथ काम हुन्छ दाबी भुक्तानी दिदा पनि त्यही किसिसमको व्यवहार गर्नुपर्ने बताए ।
उद्योग बाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बिमा आवश्यक र राम्रो भएको बताए। बिमा दावी भुक्तानी प्रक्रियामा झन्झटिलो भएको र यसलाई अझै सुधार गर्नुपर्ने उनले जोड दिए ।

साथै बीमा प्राधिकरणको आयोजनामा फुटसल, हाजिरी जवाफ प्रतियोगिता तथा रक्तदान लगायतका कार्यक्रम भएका थिए । हाजिरी जवाफमा जीवन, नर्जिवन बीमा कम्पनीका तर्फबाट ३० वटा टिमको सहभागिता रहेको थियो । जसमा प्रभु इन्सुरेन्स प्रथम, राष्ट्रिय बिमा संस्थान द्धितिय, अजोड इन्स्योरेन्स तृतिय र सुर्य ज्योती लाइफ इन्स्योरेन्सले सान्त्वना स्थान हासिल गरेका थिए ।

यस्तै फुटसल प्रतियोगिता बीमा प्राधिकरणसहित आठ वटा टिमको सहभागिता रहेको थियो । बीमा प्राधिकरण कर्णालीका प्रमुख पदमप्रसाद सोडारीका अनुसार जसको उपाधी ननलाइफ निर्जिवन तर्फ ‘ए’ टिम बिजेता भएको थियो भने निर्जिवन ‘सि’ टीम उप-बिजेता भएको थियो । विजेताहरुलाई ट्रफि र प्रमाणपत्रद्वारा सम्मान गरिएको प्रमुख सोडारीले जानकारी दिए ।

यस्तै रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका थिए । बार्षिकोत्सवको अवसरमा संघीय र सातै प्रदेशका प्रादेशिक कार्यालयहरुमा कार्यक्रम आयोजना गरिएको हो । विशेष गरी बीमाका क्षेत्रमा रहेको जनचेतनाको कमीलाई हटाउँदै कर्णालीका दुर दराजका नागरिकलाई बीमाको पहँुच बृद्धि गरी जीवन र सम्पत्तिलाई सुरक्षाको दायरामा ल्याउन आफूहरुले प्रयास गरिरहेको प्रमुख सोडारीको भनाई छ ।

सबै खाले बीमालाई  प्रभावकारी बनाउन मुख्यमन्त्री शर्माको आग्रह

रुकुमपश्चिममा फिजियोथेरापी सेवा सुरु

सबै खाले बीमालाई  प्रभावकारी बनाउन मुख्यमन्त्री शर्माको आग्रह

जुम्लामा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *