कर्णालीमा युएसएआईडीको विपद् सिकाइ कार्यक्रम

काठमाडौं । अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) र नेपाल सरकारसँगको साझेदारीमा ‘सिकाइ’ कार्यक्रमको शुभारम्भ गरेको छ । उक्त कार्यक्रमले पश्चिम नेपालमा विपद् पूर्वतयारी र प्रतिकार्य क्षमताको सुदृढीकरण गर्ने अमेरिकी दूतावासले जनाएको छ । ‘सिकाइ’ को पूणर् रूप ‘विपद् जोखिम व्यवस्थापन कार्य तथा कार्यान्वयनमा जुट्न प्रादेशिक र स्थानीय सरकारहरूको संस्थागत ज्ञान र क्षमताको सुदृढीकरण’ हो र यस कार्यक्रममार्फत यूएसएआईडीले सुदूरपश्चिम र कणर्ाली प्रदेशहरूका प्रादेशिक र स्थानीय सरकारहरूलाई सहयोग उपलब्ध गराउने उल्लेख छ ।

‘आईओएमले यूएसएआईडी र नेपालका आन्तरिक मामिला तथा कानुन, गृह, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयहरूसँगको निकट साझेदारीमा समन्वय र प्राविधिक सहयोग उपलब्ध गराई यस कार्यक्रमको कार्यान्वयन गर्नेछ,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
उक्त नयाँ कार्यक्रमको प्रशंसा गर्दै अमेरिकी राजदूत थम्पसनले भने, ‘यस कार्यक्रमले संघीय नीति, कानुन र संरचनाअनुरूप राष्ट्रियदेखि स्थानीय तहसम्म विपद् पूर्वतयारी र प्रतिकार्यका प्रयासहरूमा नेपाललाई सहयोग गर्ने संयुक्त राज्य अमेरिकाको जारी प्रतिबद्धताको प्रतिनिधित्व गर्दछ ।’

कार्यक्रममा बोल्दै नेपालस्थित युएसएआईडीकी प्रमुख सेपिडे केभान्शाडले भनिन्, ‘नेपालका सर्वाधिक विपद्-संकटापन्न मध्येका केही समुदाय रहेका सुदुरपश्चिम र कणर्ाली प्रदेशमा ‘सिकाइ’ को ध्यान केन्द्रित हुनुले नेपालका सर्वाधिक संकटापन्न समूहहरूलाई प्राथमिकतामा राख्दै स्थानीयस्तरमा काम गर्ने हाम्रो प्रतिबद्धतालाई चित्रित गर्दछ ।’

कार्यक्रममा बोल्दै आईओएमका कार्यवाहक प्रमुख आसिफ रज्जाकले सिकाइले छनोटमा परेका दुई प्रदेशहरूमा संविधान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले निर्देश गरेबमोजिम विपद् जोखिमसम्बन्धी नियमनलाई सुदृढ बनाउने लक्ष्य लिएको रहेको बताए ।
‘यस परियोजनाले जलवायु परिवर्तनको परिप्रेक्ष्यमा दिगो विकास लक्ष्यहरू र विपद् जोखिम न्यूनीकरणसम्बन्धी सेन्डाइ फ्रेमवर्क २०१५-२०३० र एउटा उत्थानशील राष्ट्र निर्माण गर्ने बृहत्तर लक्ष्य प्राप्त गर्ने नेपाल सरकारका प्रयासहरूमा थप योगदान पुर्‍याउनेछ,’ उनले भने ।

दूतावासका अनुसार ‘सिकाइ’ कार्यक्रमलाई प्राप्त यूएसएआईडीको अनुदान रकम ६ लाख अमेरिकी डलर (करिब ७.८ करोड रुपैयाँ) छ भने यसको अवधि १८ महिना रहेको छ । यो नयाँ कार्यक्रम युएसएआईडी र आईओएमको अघिल्लो कार्यक्रम ‘परिवर्तन’ (२०१७-२०२३) को काममा आधारित छ जुन कार्यक्रमले ७५३ वटै स्थानीय सरकारहरूलाई स्रोत-साधन र प्रशिक्षण प्रदान गरी राष्ट्रव्यापी रूपमा विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य समन्वयमा सहयोग पुर्‍याएको दूतावासले जनाएको छ । ‘विपद्सम्बन्धी जोखिमहरूको न्यूनीकरण गर्न र सहयोगको आवश्यकता भएका नेपालीहरूप्रति तुरुन्तै प्रतिक्रिया जनाउने क्षमतामा सुधार गर्न यूएसएआईडीले राष्ट्रिय र स्थानीय सरकारहरूसँग काम गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

कर्णालीमा युएसएआईडीको  विपद् सिकाइ कार्यक्रम

कर्णालीमा औलोको न्युन परिक्षण

कर्णालीमा युएसएआईडीको  विपद् सिकाइ कार्यक्रम

प्रादेशिक नीतिका लागि कर्णाली युवा महोत्सव हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *