२०८३ आश्विन १ गते
×

Now Playing

भेरीगंगामा करेन्ट लागेर एक जना घाईते

सुर्खेत,३० पाैष  ।

भेरीगंगामा करेन्ट लागेर एक जना घाईते भएका छन् । भेरीगंगा नगरपालिका वडा नम्बर ९ सानोजात्रीका २६ वर्षीय धन बहादुर बोहोरालाई शुक्रवार अन्दाजी पौने १० बजेको समयमा करेन्ट लागेको हो । जहरे बजारबाट आफ्नो घर तर्फ जाँदै गर्दा बोहोरालाई बिजुलीको पोलमा रहेको ट्रान्समिटरको तारबाट करेन्ट लागेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाईते भएका बोहोरालाई मेहेलकुना अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि प्रदेश अस्पताल कालागाउँ पठाईएको प्रहरीले जनाएको छ । उनको छाती तथा शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

भेरीगंगामा करेन्ट लागेर एक जना घाईते

त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो प्रत्यारोपण

Leave a comment

Your email address will not be published. Required fields are marked *