सल्लीवजारका युवाहरुले गरे बजार सरसफाई

दुर्गा विसी
सल्लीबजार, २८ फागुन ।
सल्यान पश्चिम सल्लीबजारका युवाहरुले बजार सरसफाई गरी रचनात्मक कार्य गरेका छन् । सल्यान सल्लीबजारका पुरै नालाहरु फोहोरले बन्द अवस्थामा छन् ।

जथाभावी फोहोर फाल्दा सल्लीबजार आसपास पुरै दुर्घन्धीत बनेको छ । तर यहाँका युवाहरुले भने जथाभावी फोहर नफाल्न सचेतना अभिवृद्धि गराउँदै शनिबार बजारका मुख्यचौकदेखि केही नालीहरुको फोहोर सफाइ गर्ने काम गरे ।

जनकल्याण युवा क्लब सल्लीबजारको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियोे । यहाँका युवाहरुले रचनात्मक काम गरी राजनीतिकका नामका समाजिक सञ्जालमा मात्रै नेताहरुसँग सेल्फी हानेर यो गरियौ, उ गरियौ भनेर भगत काम गरिरहेकालाई रचनात्मक काम गरी चुनौती दिएका छन् ।

त्यस्तै राजनीतिक भाइरस तथा झुसीले किराहरुलाई चुनौती दिएका छन् । समाजमा राजनीतिका नाममा द्वन्द्व सिर्जना गर्ने होइन, राजनीतिमा लागेका युवाहरुले यस्तै रचनात्मक काम गर्ने हो, के का युवा संगठन, उपभोक्ता समितिमा बसेर मात्रै राज्य दोहन गर्ने, समुदायमा रचनात्मक भुमिका खेल्नुको सट्टा धुमिलो पानिमा माछा मार्ने काम बन्द गर्न युवा रोषण विसीको आग्रह छ ।

राम्रो काममा हातेमालो गरौं, नराम्रो काम त्यागौ, केही समय अघि क्लबले राखेको वजारका चोक चोकका डस्वीनहरु समेत हराउन थालेका छन् । केही समय अघि क्लबले बजारका विभिन्न क्षेत्रमा फोोहर राख्नका लागि प्ल्लाष्टिक जन्य ड्रमहरु राखेको थियोे ।

क्लब अध्यक्ष सन्देश यरीको अगुवाइमा युवाहरु रोषण विसी, प्रशान्त साहु, दिपेन्द्र शाही, केशव वस्नेत र मिनराज डिसी लगायतका ४० बढी युवाहरुले स्रहानिय काम गरेका छन् ।

राजनीतिक युवा संगठनहरुलाई नेताको पुच्छर होइन, समुदायमा सक्दो सकारात्मक, रचनात्मक भूमिका निर्भाह गरौं । साथै फोहोर व्यवस्थापन कार्यमा बनगाड कुपिण्डे नगरपालिकाले हप्ताको २ दिन मात्रै टिप्पर बजारमा हिड्यार औपचारिकता निभाएको बताइएको छ ।

बजारका नालीहरु खोल्नु पर्ने, सडकका नाली मिचेर पसल थाप्ने, नालीमा फोहोर थुपार्नेहरुलाई नगरले हालसम्म कुनै नीति ल्याउन नसकेको बताएको छ । युवाहरुले बजार सरसफाइ गरेर उदाहरणीय काम गरेका छन् । बजार सरसफाइका साथै बजारमा जथाभावी फोहोर नफ्याक्न अनुरोधसमेत गरिएको छ ।

सल्लीवजारका युवाहरुले गरे बजार सरसफाई

निर्वाचनकाे पूर्वतयारी : केन्द्रीय नेताहरु जिल्ला दौडाहमा

सल्लीवजारका युवाहरुले गरे बजार सरसफाई

कुँडो खुवाउँदा एकै घरका सात पशु मरे

Leave a comment

Your email address will not be published. Required fields are marked *