को हुन ज्ञानेन्द्र शाही ? पार्टीका कार्यकर्ताबाट असुरक्षित बनेका उनी राप्रपामा किन समाहित हुँदै ?

काठमाडौं, ४ फागुन ।
आफूलाई सामाजिक अभियान्ता बताउँदै आएका ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित हुने भएको छ ।

मंगलबार बसेको राप्रपाको पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई राप्रपामा समाहित गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति रहेको बताए ।

‘त्यस नीति अनुसार महामन्त्री डा.धवल शमशेर राणाको संयोजकत्वमा रहेको वार्ता समितिले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानलाई राप्रपामा समाहित गर्ने प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ’ बैठकबाट जानकारी दिँदै श्रेष्ठले भने ।

को हुन् ज्ञानेन्द्र शाही ? किन गरिन्छ पटक–पटक आक्रमण !
ज्ञानेन्द्र शाही मध्यपश्चिमको जुम्लामा जन्मिएका २८ बर्षिय एक युवक हुन् । भ्रष्टाचारको खरो बिरोध गर्दै भ्रष्टाचार बिरोधी अभियान्ताको छवि बनाएका ज्ञानेन्द्र शाही ’ हामी नेपाल हामी नेपाली’ का संयोजक समेत हुन् । उनले यस अभियानलाई देशव्यापी रूपमा संगठित रुपमा नै खडा गरेका छन् ।

उनले आफुलाई सिए (चार्टर्ड एकाउन्टेन्ट) बताउने गरेका छन् । उनले सिएको पढाई गरेको छिमेकी मुलुक भारतमा हुन्। भ्रष्टाचारको कट्टर बिरोधीको रुपमा परिचित ज्ञानेन्द्र शाही अहिले पछिल्लो समय राहत वितरण जस्ता समाजसेवी काममा समेत संलग्न रहेका छन् ।

हाम्रो मुलुकको बिकासको वाधक भ्रष्टाचार नै रहेको ठहर गर्ने र भ्रष्टाचार उन्मुलनका लागि अभियान चलाएका ज्ञानेन्द्र शाहीको संगठनमा देश भित्र मात्रै नभएर वैदेशिक रोजगारीमा रहेर विश्वभर छरिएर रहेका युवा वर्गहरु समेत गतिलो साथ सहयोग र संलग्नतामा रहेको छ ।

वर्तमान समयमा देशका अधिकांश युवाहरु राजनैतिक दलको भातृसंगठनहरुमा आबद्ध भएर राजनैतिक दलहरुकै वरिपरि रमाईरहेका, व्यापार व्यवसाय गरिरहेका,अध्ययन अध्यापनमा आफ्नो क्यारियर बनाईरहेको, बैदेशिक रोजगारीका लागि मुलुक बाहिर गइरहेका अवस्थामा मुलुकको रुपान्तरण र विकासका लागि भ्रष्टाचारको अन्त्य गर्दै देश विकासमा युवाहरुको सार्थक सहभागिता खोजिरहेका मध्येका प्रतिनिधि युवक ज्ञानेन्द्र शाही हुन् ।

उनी आफ्नो अभियान बिस्तारको क्रममा, सार्वजनिक कार्यक्रममा उपस्थित भएको अवस्थामा, राहत वितरणको अवस्थामा गरि पटक पटक प्रहरी र राजनैतिक दलका कार्यकर्ताबाट आक्रमणको सिकार बन्न बाध्य भएका छन् । उनि माथी पटक पटक राज्यपक्षबाट र सत्तासिन पार्टीका कार्यकर्ताको तर्फबाट सांघातिक हमलाहरु गरिएका छन् ।

राजनैतिक दलको र सरकारको खरो आलोचनामा उत्रने र भ्रष्टाचार जन्य गतिविधिको कडा बिरोध गर्ने भएकै कारण ज्ञानेन्द्र शाहीले पटक पटक राज्यको तथा राजनैतिक दलका कार्यकर्ताको आक्रमण र ज्यादती सहनु परेको छ ।

ज्ञानेन्द्र माथी आक्रमणको श्रृंखलाः

पहिलो आक्रमणः- 
सुर्खेतका पत्रकारहरुलाई अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ २०७६ जेठ दोस्रो साता उनलाई सुर्खेतको एक कार्यक्रम स्थलबाट प्रहरीले पक्राउ गरेका थिए । उनले २०७६ बैसाख १८ गते सुर्खेतमा गरेको कार्यक्रममा पत्रकारहरु उपस्थित नभएपछि पत्रकारहरुलाई ‘दलाल र कुकुर’ भनेका थिए ।

उनका बिरुद्ध पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारती र कर्णाली प्रदेश पत्रकार महासंघका अध्यक्ष दुर्गा थापासहितले प्रहरीमा उजुरी दिएका थिए ।

त्यसपछि उनलाई सुर्खेतबाट गिरफ्तार गरी सार्वजनिक बसमा यातना दिदै काठमाडौँ ल्याइएको थियो । उनलाई निर्ममतापूर्वक यातना दिएको प्रहरीले उनको टाउको र खुट्टामा गम्भिर चोट रहेको थियो। उनलाई पछि उपचारका लागि बिर अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई गैरकानुनी रुपमा पक्राउ गरिएको र यातना दिएको भन्दै अधिवक्ता महेश डंगोलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका थिए । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अनुसार मुद्दा चलाएको थियो । २०७६ जेठ १५ गते पक्राउ परेका शाहीलाई सर्वोच्चका न्यायाधीश आनन्द मोहन भट्टराई र हरि फुयालको २०७६ जेठ २४ को आदेश बाट थुना मुक्त भएका थिए ।

दोस्रो आक्रमणः-
२०७६ भदौ २९ गते पुल्चोकमा पत्रकार सम्मेलन गरिरहेको अवस्थामा पत्रकारको भेषमा कार्यक्रम स्थलमा पुगेका एमाले निकट कार्यकर्ताहरुले शाही माथी आक्रमण गरेका थिए ।

त्यसको एक दिन अघि मात्रै नेपालगंजबाट काठमाडौं आउने क्रममा संस्कृति पर्यटन मन्त्री योगेश भट्टराईलाई प्लेन डिले गराएको भन्दै शाहीले झपारेको भिडियो सार्वजनिक गरेका थिए ।

यहि बिषयमा सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा शाही देखेर चिढिएका एमालेका कार्यकर्ताले सम्मेलन हलमै आक्रमण गरेका थिए । यद्यपि प्रहरीको संयमताका कारण ठुलो दुर्घटना हुन पाएन। शाहीलाई जोगाएर प्रहरीले सुरक्षित स्थानमा लगेको थियो ।

तेस्रो आक्रमण :-
२०७६ असोजमा ज्ञानेन्द्र शाही माथी चितवनमा आक्रमण गरिएको थियो। उनलाई प्रचण्ड पुत्री एवं भरतपुर उपमहानगरपालिका कि मेयर रेणु दाहाल बिरुद्ध अभिव्यक्ति दिएकोले रेणु सम्बद्ध पार्टीका कार्यकर्ता हरुले आक्रमण गरेका थिए ।

चितवनको चौबिसकोठी होटलबाट निस्कदै गर्दा उनी सवार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएका थिए । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले केही युवकहरूलाई पक्राउ गरेपनि कारवाहीको दायरामा भने ल्याएन । उनलाई आक्रमण गर्ने मध्येका केहीलाई प्रहरीले पक्राउ गरे पनि प्रकृया मात्रै पुरयाएर छोडिएको थियो ।

चौथोःआक्रमण (प्रहरी गिरफ्तारी )
२०७७ बैशाख ९ गते ललितपुरमा राहत बितरणमा निस्किएका शाहीलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको थियो ।

वैशाख १६ गते सर्वोच्चका न्यायाधीश पुरूषोत्तम भण्डारी र मनोज शर्माको इजलासले केही कुरामा असहमति राखेकै आधारमा थुनामै राखेर कारबाही गर्न नपर्ने बताउँदै उनलाई थुनामुक्त गर्न आदेश दिए पछि उनलाई प्रहरीले छोडेको थियो । उनलाई कोरोनासंग सम्बन्धित कसुर गरेको आरोपमा प्रहरीले पक्रेको थियो ।

उनको तर्फबाट इन्द्रप्रसाद अर्यालले सर्वोच्चअदालतमाबन्दीप्रत्यक्षीकरणको मुद्दा दिएका थिए । उनि पक्राउ पर्नु पुर्व प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध अभिव्यक्ति दिएकोले प्रहरी समेत उनि बिरुद्ध चिढिएको र माथिकै निर्देशन बमोजिम उनलाई पक्राउ गरिएको थियो ।

पाँचौ आक्रमणः
हिजो शुक्रबार राती ११ बजेतिर राहत वितरणमा निश्किएका शाहीको टिममाथी वीरेन्द्रनगर– १३ स्थित करेखोलामा एक समूहले आक्रमण गरेको छ । प्रहरीले आक्रमणमा संलग्न रहेको आरोपमा ५ जनालाई नियन्त्रणमा लिएको छ ।

आक्रमणपछि उक्त घटनाको भिडियो सामाजिक सञ्जालमार्फत शाहीले सार्वननिक गरेका छन्। उनले आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको लेखेका छन ।

सुर्खेत प्रहरीले भने शाहीको समूह र स्थानीयबीच झडप भएर घटना हुन पुगेको बताएको छ । तर शाहीले भने लाइभमा बोल्दै आफूहरुमाति सरकार पक्षबाट योजनाबद्ध रुपमा आक्रमण भएको बताएका छन् ।

उनले दोहोरो झडप भएको भन्ने प्रहरीको कुरालाई खण्डन गरेका छन् । फेसबुकमा राखिएको रातिको भिडियोमा शाहीले रुँदै आफ्ना एक घाइतेलाई अँगालो हालेको र घाइतेको टाउकोबाट रगत बगिरहेको देखिएको छ । साथमा एक युवतीले घाइते युवकलाइ पट्टि लगाइरहेको दृश्य उक्त भिडियोमा देखिन्छ ।

निषेधाज्ञाका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाही र उनको टोली विभिन्न जिल्लामा गइरहेको छ । सोही क्रममा सुर्खेतमा उक्त घटना भएको हो ।

ज्ञानेन्द्रको उठान गरेका मुद्दा के के हुन ?
भ्रष्टाचारजन्य गतिविधि अन्त्य :
ज्ञानेन्द्र शाही भ्रष्टाचारजन्य गतिविधि लाई अन्त्यका लागि बनेको एक संस्थाका संयोजक हुन् । उनी भ्रष्टाचारजन्य गतिविधि बारे देशव्यापी मात्रै नभई विदेशमा समेत संगठन निर्माण गरेर क्रायाशिल रहेका छन् ।

उनको अभियानमा लाखौ युवाहरुकÞ सहभागिता रहेको छन् । उनले भ्रष्टाचार नै देश विकासको मुल जड रहेकोले यसको समुल नष्टका लागि जनस्तरमा खबरदारी गर्ने र आवाज उठाउने सामर्थ्य युवाहरुमा बटुल्दै आएका छन् ।

कतिपय सरकारी स्तरबाट भएको भ्रष्टाचारको उनले स्थलगत रूपमै आफै गएर सम्बन्धित निकायमा उजुरी समेत दिने गरेका छन् । स्थानीय तहमा समेत उनको बिचार सम्बद्ध युवासरुको टिम निर्माण भई खबरदारी गरिरहेको अवस्था छ । उनि एक भ्रष्टाचार बिरोधी अभियानको नायकको रूपमा उभिदैछन ।

नागरिकता विधेयकको बिरोध :
केहि समय अगाडी सरकारले संसदमा प्रस्तुत गरेको विवादास्पद नागरिकता विधेयक बिरूद्ध समेत शाहीले आन्दोलन गरेका थिए ।

विदेशीलाई सहज रूपमा नागरिकता पाउने प्रावधान सहितको विधेयकको व्यवस्था बिरूद्ध शाहीले हस्ताक्षर अभियान नै संचालन गरेर सरकारलाई बुझाएका थिए । तर हाल सम्म पनि उक्त विधेयक संसदमै अड्किएको अवस्थामा नै प्रतिनिधि सभा बिघटन भएको छ ।

एमसिसि बिरुद्ध अभियान :
अमेरिका संगको विवादास्पद सन्धि सम्झौता एमसिसि को ज्ञानेन्द्र शाहीले व्यापक बिरोध गर्दै आएका थिए । सरकारले यसलाई कार्यान्वयन गर्नुपर्छ भने पनि ज्ञानेन्द्र शाहीहरूले यसको व्यापक बिरोध गर्दै जनस्तर सम्म यसको बारेमा बिरोध गर्न सक्ने गरी यसका बिरूद्ध अभियान नै संचालन गरेका थिए ।

वैदेशिक रोजगारीमा रहेकाहरुलाई भोटिङ राईट :
पचास लाख भन्दा बढि युवाहरु वैदेशिक रोजगारीमा रहेको र हालसम्म यहाँको चुनावमा उहाँहरूले भोट दिनबाट बन्चित रहेकोले उहाहरुको पनि भोट दिन सक्ने गरि कानूनी, नीतिगत र व्यवस्थापकिय प्रबन्धका लागि ज्ञानेन्द्र शाहीले आवाज उठाउने गरेका छन् । जसका वैदेशिक रोजगारीमा गएका युवाहरुको समेत ठुलो समर्थन रहेको छ ।

पटक पटक ज्ञानेन्द्र लाई आक्रमण किन गरिन्छ ?
ज्ञानेन्द्र शाही एक निडर र निर्भिक अभियान्ता हुन् । उनी डटेर भ्रष्टाचार, बिकृति र बिसंगतिको भण्डाफोर गर्दछन् । उनको वाक शैली एकदमै प्रष्ट छ ।

सरकार, सरकारी निकाय, यिनका भ्रष्टाचारजन्य गतिविधि, राजनैतिक पार्टी र यिनका संगठनहरुको उनी चर्को बिरोध गर्दछन् । उनले यो राजनैतिक व्यवस्थाको समेत बिकल्प खोज्दै अगाडि बढ्नुपर्ने र युवाहरुले राज्यसत्ताको बागडोर सम्हाल्नुपर्ने धारणा प्रस्तुत गर्दै आएका छन् ।

प्रायजसो युवाहरुलाई राजनैतिक पार्टीका झोले नभई सच्चा देशभक्त बनेर राज्य संचालन गर्ने र सुदृढीकरण गर्ने हिम्मत राखेर अगाडि बढ्न आह्वान गर्दछन् । यो कुरा वर्तमान राजनैतिक नेतृत्व र तिनका कार्यकर्तालाई अपाच्य जस्तै बनेको छ ।

त्यसै कारणले सरकारले प्रहरीको प्रयोग गर्दै अनेकन मुद्दा लगाएर भए पनि उनलाई तह लगाउनु पर्छ भन्ने सोच राखेको देखिन्छ भने सरकार निकट राजनैतिक नेतृत्वले पनि कार्यकर्ता परिचालन गरेरै भए पनि उनलाई भौतिक आक्रमण गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढेको उनि माथी गरिएका श्रूखलाबद्ध आक्रमण र त्यसमा संलग्नहरुबाट पुष्टि हुन्छ ।

सरकार र सरकार निकटको राजनैतिक नेतृत्वको कसिंगर जस्तै बनेका ज्ञानेन्द्रलाई तह लगाउदै उनलाई सिध्याउन सकेमा भ्रष्टाचार बिरोधी स्वर बन्द हुने र यस्ता गतिविधि माथी कहि कसैले आवाज उठाउन सक्दैन भन्ने उनि माथी आक्रमण गर्नेहरुको ठम्याइ होला ।

आफ्नो गलत कामको बिरूद्ध बोल्नेलाई भौतिक रूपमा नै समाप्त पार्न खोज्नु उनलाई आक्रमण गर्ने र गराउनेको सोच रहेको देखिन्छ । तर जुन सरासर गलत हो ।

को हुन ज्ञानेन्द्र शाही ? पार्टीका कार्यकर्ताबाट असुरक्षित बनेका उनी राप्रपामा किन समाहित हुँदै ?

एक अर्ब बढीको बहुमुल्य युरेनियमसहित आठ जना

को हुन ज्ञानेन्द्र शाही ? पार्टीका कार्यकर्ताबाट असुरक्षित बनेका उनी राप्रपामा किन समाहित हुँदै ?

जीप दुर्घटना हुँदा दैलेखमा १ को मृत्यु,

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds