नेपाल एयरलाइन्सले भाडा घटाया


जुम्ला :  सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले सिमकोट–नेपालगञ्जको हवाई भाडादर घटाएको छ । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका जनताको लागि एयरलाइन्सले हवाई भाडादर घटाएको हो । नेपाल एयरलाइन्स हुम्लाका प्रमुख बलबहादुर सुनारले आइतबारबाट लागू हुने गरी सिमकोटबाट नेपालगञ्जका लागि हवाई भाडादर घटाएको जानकारी दिए ।

अब सिमकोटबाट नेपालगञ्जका लागि हवाई भाडादर पाँच हजार ९१५ रुपैयाँ कायम भएको छ । यसमा टिकटदर पाँच हजार ८१५ र एक सय एयरपोर्ट ट्याक्स रहेको छ । यसअघि नेपाल एयरलाइन्सले सात हजार २१० रुपैयाँ भाडा लिने गथ्र्यो । एयरलाइन्सले केही दिनअगाडि मात्र हुम्लामा हवाई उडान विस्तार गरेको थियो ।

अहिले यात्रुको सहजताका लागि भाडादरसमेत घटाएको हो । हाल एयरलाइन्सले आइतबार, सोमबार, बिहीबार र शनिबार सहुलियत उडान भर्दै आएको छ ।

नेपाल एयरलाइन्सले भाडा घटाया

विमलेन्द्र निधिले देउवालाई समर्थन गर्ने

नेपाल एयरलाइन्सले भाडा घटाया

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *