महाधिवेशनको मिति कुनै पनि हालतमा सर्दैन : कांग्रेस

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ। शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन मंसिर ९(१३ गते तोकिएकै मितिमा हुने भएको छ ।
बैठकले केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको जानकारी दिएको छ ।

‘जे निर्धारित समयका लागि केन्द्रीय महाधिवेशन निर्धारण गरेका छौं । त्यसबारेमा अहिले कसैलाई कुनै कन्फ्यूजन नराख्नका लागी र बैठकमा महाधिवेशन मंसिरबाट अलि पछाडि जाने होकि कसैले प्रस्ताव पो राख्नु भयो कि भनेर खासगरी महामन्त्रीज्यूको नाम भनेर पनि आयो,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘त्यो प्रकारको विषयमा अहिले हामी गएका छैनौं । त्यो प्रकारको विषयमा जानुपर्ने खण्ड आयो भने पनि केन्द्रीय समितिमा हामी विधिवत रुपमा जान्छौ ।’

बैठकले भोलि शनिबार निर्धारित समयमै पार्टीको पालिकास्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । हिमाली जिल्लालगायत कतिपय जिल्लामा पालिकास्तरीय अधिवेशनको मिति सार्नुपर्ने अवस्था आएमा पार्टी जिल्ला कार्य समितिको भावना अनुसार केन्द्रिय निर्वाचन समितिबाट अनूमति लिन सक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिए । बैठकले १३ जिल्लाको क्रियाशील सदस्यतासम्बन्धी विवाद तत्काल समाधान गर्ने निर्णय पनि गरेको छ ।

महाधिवेशनको मिति कुनै पनि हालतमा सर्दैन : कांग्रेस

बराबरीमा रोकियो बार्सा, थप दबाबमा कुमन

महाधिवेशनको मिति कुनै पनि हालतमा सर्दैन : कांग्रेस

दाङमा ‘उत्सर्ग संगीत अवार्ड २०७८’ आयोजना हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *