बेलायतका स्वास्थ्यकर्मीहरूको तलब वृद्धि

एजेन्सी । बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरूको सेवा सुविधा वृद्धि गरिएको सरकारले बुधबार घोषणा गरेको छ। पछाडिको मिति राखेर गत अप्रिलदेखि नै लागु हुनेगरी सरकारले सेवा सुविधामा वृद्धि गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
राज्यको स्वतन्त्र निकाय राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस० ले स्वास्थ्यकर्मीहरूको तलबमा तीन प्रतिशत वृद्धि गर्न सिफारिस गरेपछि सरकारले वृद्धि गरिदिएको हो।
ुस्वास्थ्यकर्मीहरूको भित्र नर्स, पारामेडिसिन, कन्सल्टेन्ट, डेन्टीस्टलगात पनि पर्नेछन्, उनीहरूले पनि तलब वृद्धिको सुविधा पाउने भएका छन्, सरकारी निकायद्धारा जारी वक्तव्यमा लेखिएको छ।
बेलायतमा स्वास्थ्य क्षेत्रको सेवा, सुविधा, गुणस्तर, मापदण्ड आदि निर्धारण गर्न स्वतन्त्र निकायको रूपमा राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस०को व्यवस्था गरिएको छ।
कोरोनाभाइरसको महामारी विरुद्धको लडाइमा अग्रपंक्तिमा रहेर काम गरेकाले उनीहरूको सेवा सुविधा वृद्धि आवश्यक भएको एनएचएसले निश्कर्ष निकालेको हो।






