भारतीय अखबार दैनिक भाष्करमा छापा, केजरीवालद्वारा भर्त्सना

एजेन्सी । भारतीय अखबार दैनिक भास्करको कार्यालयमा सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सले छापा मारेको छ। आज बिहान जयनगरस्थित कार्यालयमा सीबीडीटीले छापा मारेको बोर्डका प्रवक्ता सुरभी अहलुवालियाले पुष्टि गरेका छन्।

सुरभीले भने, ‘दैनिक भास्करको कार्यालयमा सीबीडीटीको काम चलिरहेको छ। हामीले यस सम्बन्धमा यति मात्र भन्न सक्छौँ।’ कार्यालयमा छापा मार्नुको कारणबारे केही बताइएको छैन। दैनिक भास्करका राष्ट्रिय सम्पादक लक्ष्मीप्रसाद पन्तले केही टोली जयपुर कार्यालयमा बोर्डमा सदस्य पुगेको बताए।

तर, छापा मार्नुको कारणबारे आफूहरूलाई पनि थाहा नभएको पन्तले बताएका छन्। दैनिक भास्कर भारतको प्रसिद्ध समाचार संस्थान हो। दिल्लीका मुख्यमन्त्रीले भाजपा सरकारले मिडियालाई डर देखाउन खोजेको बताएका छन्।

ट्वीटरमा उनले लेखेका छन्‌, ‘भाजपा सरकारको गल्तीबारे समाचार लेखेको भरमा मिडियालाई डर देखाउनु एकदम खतरनाक विषय हो।’ यस्तै, राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले पनि मिडियामा छापा मारिएको घटनाप्रति भर्सना गरेका छन्।

उनले मोदी सरकारले आफ्नो आलोचना सहन नसकेको भन्दै यो भाजपाको फासीवादी मानसिकता निर्देशित कदम रहेको बताएका हुन्‌। ‘मोदी सरकार मिडियालाई दबाएर यो सन्देश दिन चाहन्छ कि यदी हरेक मिडिया भाजपा अनुकूलको गोदी मिडिया नबनेको खण्डमा उसको आवाजलाई रोक लगाइनेछ’, उनले ट्वीट गरेका छन्‌।

भारतीय अखबार दैनिक भाष्करमा छापा, केजरीवालद्वारा भर्त्सना

सिरियामा इजरायली मिसाइल आक्रमण

भारतीय अखबार दैनिक भाष्करमा छापा, केजरीवालद्वारा भर्त्सना

बेलायतका स्वास्थ्यकर्मीहरूको तलब वृद्धि

Leave a comment

Your email address will not be published. Required fields are marked *