नाबालक भएकाले साउदीमा एक युवालाई १० वर्षपछि मृत्युदण्ड

एजेन्सी । साउदी अरेबियामा २६ वर्षीय जवानलाई १७ वर्षको उमेरमा अपराध गरेको अभियोगमा मृत्युदण्ड सुनाइएको छ ।

मुस्ताफा हाशिम अल-दार्विश नामका ती युवालाई सन् २०११-१२ मा नाबालिग छँदा सरकार विरोधी प्रदर्शन र दंगामा संलग्न भएको आरोप लगाइएको थियो ।

२०१५ उनलाई पक्राउ गरिएको थियो। केहि दिन अघिमात्र उनलाई दोषी मान्दै मृत्युदण्ड सुनाइएको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् ।

यो घटना सन्‌ २०११-१२ को हो । जतिबेला साउदी अरेबियामा सरकार विरोधी प्रदर्शन र दंगा भएको थियो । दार्विशलाई प्रदर्शनको साथसाथै दंगामा संलग्न भएको बताइएको छ।

सुरक्षाकर्मीले ती युवाको फोनमा एक तस्वीर भेट्टाएको थियो, जसमा उनी प्रदर्शनकारीहरूसँग देखिएका थिए  । त्यसपछि प्रहरीले दार्विशको कबुलपत्र अदालतमा पेश गरेको थियो ।

यद्यपि, मानव अधिकार संगठन एम्नेस्टी इन्टरनेसनलले उक्त कबुलपत्र दबाबमा लिएको बताएको छ। दर्विशको परिवारले उनलाई शारीरिक र मानसिक यातना दिएर कबुल गर्न लगाएको आरोप लगाएका छन् ।

साउदी सरकारले गत वर्षमात्र अपराध गर्ने नाबालिगहरूलाई मृत्युदण्ड दिइने नदिने बताएको थियो । बरु, तिनीहरूलाई सुधारगृहमा १० वर्षसम्म राख्ने जनाएको थियो।

मानव अधिकार संगठन रेप्रिभले द्रविशको परिवारलाई उनीबारे पहिल्यै जानकारी नगराएको बताएको छ। वेबसाइटमा प्रकाशित समाचारबाट उनको मृत्युदण्डको जानकारी परिवारले प्राप्त गरेको जनाएको छ ।

दार्विशका परिवारजनले भनेका छन्‌, ‘मोबाइलमा फोटो भएका कारण मृत्युदण्ड दिन कहाँ पाइन्छ ?’

नाबालक भएकाले साउदीमा एक युवालाई १० वर्षपछि मृत्युदण्ड

कमला न्यौपानेको गीत ‘किनाराको ढुङ्‌गा’ सार्वजनिक

नाबालक भएकाले साउदीमा एक युवालाई १० वर्षपछि मृत्युदण्ड

इटाली युरोकपको नकआउट चरणमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds