गिट्टी कुटेर परिवारको जीविकोपार्जन

 

सल्यान : सल्यान बनगाड कुपिन्डे नगरपालिका सल्लीबजारका शारीरिकरूपमा अशक्त देवबहादुर बुढा क्षेत्रीले गिट्टी कुटेर चारजनाको परिवार पाल्दै आइरहेका छन् ।  भेरी नदी किनारमा दैनिक गिट्टी कुटेर चारजनाको परिवार पाल्दै आएका हुन्।

दुवै खुट्टा जन्मजात अपांगता भएका बुढा क्षेत्रीले दिनभर तीनदेखि चार बोरीसम्म गिट्टी कुट्ने गर्छन् । विगत ६ वर्षदेखि गिट्टीको भरमा परिवार पाल्दै आएको बुढा क्षेत्रीले बताए । ‘एक बोरी गिट्टीको ६० रुपैयाँका दरले र प्रतिट्याक्टर ६ हजारका दरले बिक्री गर्दै आइरहेको छु’ उनले भने, ‘यस्तै बालुवा प्रतिट्याक्टर २ हजारका दरले बिक्री हुँदै आइरहेको छ ।’

बालुवा गिट्टीबाट आएको पैसाले छोराछोरीलाई शिक्षा दिने गरेको उनको भनाइ छ । दुवै खुट्टा पूर्ण चल्ने भएको बुढाको राज्यले दिएको अपांगता भत्ता एक हजार ६ सय रुपैयाँले खाना लाउन नपुगेपछि गिट्टी कुटेर जीवनयापन गरेको उनको सुनाए । ‘ख’ वर्गको परिचयपत्र भएकोले अपांगता भत्तासमेत कम भएको बुढाले गुनासो छ। बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म गिट्टी कुट्छन् ।

बुढासँगै उनकी श्रीमती चन्द्रमती बुढाले पनि गिट्टी कुट्दै आइरहेकी छन् । कार्यालय सहयोगी भएर काम गर्ने इच्छा भए पनि कोही कसैले वास्ता नगरेको चन्द्रमतीको भनाइ छ । मजदुरी गररै अन्य सम्पत्ति जोड्न परै जावस खानलाउनसमेत हम्मेहम्मे भएको परिवारको दुखेसो छ । जति सुक्कै जोडो होस वा चर्को गर्मी भए पनि बुढा दैनिकी गिट्टी कुटेरै दिन बित्छ । आम्दानीका अन्य उपाय नभएपछि सबै परिवाले मजदुरी गररे साँझबिहानको छाक टार्नु परिरहेको जीवनका श्रीमती चन्द्रमती बुढाको भनाइ छ ।

तपाईको प्रतिक्रिया