सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनका लागि प्रस्ताव पेश भएअनुसार अहिले मतविभाजनको प्रक्रिया सुरु भएको छ ।
सभामुखले मुख्यमन्त्री भट्टले पेश गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गरेका छन् । यससँगै मतविभाजनको प्रक्रिया सुरु भएको छ ।
मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय गरिसकेका छन् भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत लिने जनाएको छ ।
जसअनुसार मुख्यमन्त्रीको पक्षमा विश्वासको मत नपुगेको खण्डमा मात्रै काँग्रेसले मत दिनेछ अन्यथा तटस्थ बस्नेछ ।
युग संवाददाता । । २५ जेष्ठ २०७८, मंगलवार १२:०७