घुँयत्राे : ओलीबाले महतोलाई मन्त्रालय त काईदाकै दिनु भा हो !
ओलीबाले महतोलाई मन्त्रालय त काईदाकै दिनु भा हो ! मन्त्री हुने भावनाँ बगेर उनले अन्तरआत्माभित्रकै जुन कुरा बोले, त्यो कुरा उनकै मन्त्रालय शहरी विकास मन्त्रालयकै क्याचमेण्ट एरियाभित्र पुगेगी ओलीबाले मन्त्रालय छानेरै र जानेरै हात पार्या रैछन् कसरी नभन्नु।
ओलीबाले मधेसीसित साँठगाँठ गर्या देखेर जनता ओलीबासित अलिअलि रिसाउनुलाई खासै अचम्म त भन्न सकिन्न । तानाशाहहरुको विरोध त मुखैले त गर्ने हो । उसैलाई डण्डा लाउन खोजे त त्यसै लास
पार्दि हाल्छन् नि । त्यसैले मधेसीलाई मन्त्री बना देखेर रिसा होलान् जनता । केहिबेर पछि सेलाइ हाल्लान् भन्या त फेसबुक र ट्विटर भरी ओलीबा र महतोको उछितो काट्या देख्दा भने लाग्यो जनता यो महतो भन्नेसँग बेस्सरी रिसा रैछन् ।
फेसबुकभरी हेरी र पढी नसक्नु गाली गर्या देख्दा त तुरुन्त राजीनामा गरेर हिँडे हुने । नेता भन्या त बहुमत जनताले आदर गर्ने पो हुनु परो । भएभरका जनताले छरपस्ट हुनेगरी गाली गर्ने मान्छे नि के को नेता हुनु के । साइबर सेना, अरिङ्गाल, ओलीका चम्चा, के हुन के हुन भनेर हेरी र सुनी नसक्नु गालीले सामाजिक सञ्जाल भर्या देख्दा चाँही ओलीबाले ती मधेसीहरुलाई मन्त्री नबनाई नहुने के वित्याथ्यो र जस्तो नी लाग्छ मलाइ
। आखिर संसद विघटन गरेर चुनाउको घोषणाँ गर्नु भाकैथ्यो । चुनाउका बेलाँ अरुदलसित मिलेर चुनाउ लडेर फेरि २÷३ ल्याएर देशाँ ऐल्याजस्तै वितण्डा मच्चाई राख्ने रहर हो भने नि ती मधेसीहरुलाई चुनाउको १÷२ महिना अघि मन्त्री बनाभा नी त हुन्थ्यो क्यारे । अहिले त फेरि तपाईं प्रधानमन्त्री भा नै गलत छ भनेर अदालताँ मुद्दा पनि त पर्याछ क्यारे !
त्यो मुद्दा किनारा लाएर तपाइँकै पक्षाँ निर्णय आएछि ती मधिसेहरुलाई मन्त्री बनाभानि जनताले विरोध गर्ने अबस्थै आउँथे न । फेरिफेरि मौका आउन्नकी यी मधेसीहरु नभई मेरो बैतरणि पार हुन्न भने झैँ गरी आफ्ना साथीहरुलाई लहर विहिर पारेर अनाहकाँ मन्त्रीयाट फुत्काएर घरतिर लखेटनु भो अब ऐले अन्न पानीको शरीरले गालीमात्रै खान परेछि प्रधानमन्त्रीज्युलाई कम्ति भा होला ।
बिचरा साइबर स्याल, अरिङ्गाल जस्ता ओलीबाका प्रिय झोले चम्चे र बाहनहरुसमेत फेसबुकाँ आउन सक्या छैनन् । ओलीबाले बना मन्त्रीहरुलेसमेत बधाइ खान पा छैनन् । जनमत हेर्दा महतोलाई उपप्रधान र शहरी मन्त्री बनाउनु ठूलो गल्ती गर्नु भा हो भन्ने कुरा मलाइ नी लाग्यो है । त्यसैले मैले नी मन्त्रीहरुलाई बधाइ दिइन है ! रिसानी माफहोस् ।
वेदषि





