काठमाडौं, ७ फागुन ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो । मूल्य बढेपछि पेट्रोल ११४, डिजेल ९७ र हवाई इन्धन ६७ रुपैयाँ प्रतिलिटर भएको छ ।
ग्यासको मूल्य भने बढेको छैन । बढेको मूल्य मंगलबार राति १२ बजेपछि लागू हुनेछ । निगमले हालैमात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो
युग संवाददाता । । ७ फाल्गुन २०७७, शुक्रबार ११:४५