चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २७ कात्तिक ।

सरकारले कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिएका छन्।

मन्त्री पौडेलले ट्विटरमा लेखेका छन्( राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।

केही दिनयता अस्वस्थ केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो। उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिए।

अध्यक्ष केसीको अवस्था सामान्य रहेको नेता शर्माले बताए। केसी करिब एक महिनादेखि भैरहवामा थिए। त्यही क्रममा रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पिसिआर परीक्षण गरिएको थियो। तर त्यहाँ रिपोर्ट निगेटिभ आएको थियो। मंगलबार बुटवलबाट काठमाडौं आएका केसीलाई त्यही दिन मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने मन्त्रिपरिषदको निर्णय

एक लाख नगदसहित आठ जना जुवाडे पक्राउ

चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने मन्त्रिपरिषदको निर्णय

आजदेखि यमपञ्चक (तिहार) शुरु, कुकुर तिहार र

Leave a comment

Your email address will not be published. Required fields are marked *