घुँयत्रो:पाँच घण्टा झुलाएपछि ओली दरबारबाट शंकर–विष्णु–पृथ्वीको ‘थाङ्ना यात्रा’ !

हिजाे विद्या भण्डारीले पाटिकाे सदस्यता मात्रै माग्दा याे दुनियाँमा वलिबाहेक काेहिचाहिन्न भनेझैँ गरि उनलाई निरास फर्काउने नेताहरु शंकर,विष्णु,पृथ्वी जस्ता ओलिका लास र दाशहरुलाई आज वलिले पुनर्गठन सम्बन्धि प्रस्ताब लिएर गएका यिनिहरुलाई ५ घण्टासम्म झुलाएर थाङ्नामा सुताएर गएछि अब एमालेकाे रडाकाे केन्द्रीय समितिबाटै छेउ किनार लाग्ने भएकाेछ । वलिले हिजाेका यी दास र झाेलेहरुलाई छाेडेर नयाँ र फ्रेस एमालेहरु खाेजेर आफ्नाे बहुमत भएकाे काे केन्द्रीय कमिटिबाटै सबै कुराकाे निर्णय लिईने भनेछि बिचराहरु वलि दरबारबाट निरास भएर फर्किएका छन । ओलिले सम्भब त ५ असाेजमा हुने केन्द्रीय कमिटीकाे बैठकमा पाटि पुनर्गठनकाे माग राख्नेहरुलाई पाटि ” पुनर्ताजगी भन्ने ” लाैराेले हिर्काएर अलिअलि भएका विराेधिहरु समेतलाई जिम्मेवारीबाट बन्चित गरेछि वलि याे ५ बर्षका लागि ढुक्क भएर गुण्डुमा राज चलाउने निर्णयमा पुगेका छन । रास्वपा सरकारले २/४ दिन कालकाेठरीका नाममा उल्टै आैषधि उपचार र अपरेशन समेत गरेर राेग मुक्त गराएछि वलि ऐलि तन्दुरुस्त भएर जेनजी स्टायलमा उत्रि रहेका छन । तर उनकाे भन्दा फरक खेमाका नाममा पाटिमा धधङ्गा मच्चाउनेहरु वलउलाई जेनजीकै आडमा बयाेबृध्द मान्छेले पाटि हाँक्ने हैन पाटि हाम्ले हाँक्न पाउनु पर्छ भन्नेहरुले ऐले वलिलाई दिनकाे आराम र रातकाे निन्द्रा खल्बल्याई रहेका छन । तर,आफ्नाे जवानीमा झापा युध्दका नाममा विपक्षिलाई ठाडाे उठनै नसक्ने गरि सिध्याएर १४ बर्ष वनबास बसेर आएका वलिले ऐलेका काँचा कलिला र जिन्दगीमा कैल्यै हातहतियारै नउठाएका कमिनिष्ट नेताहरु शंकर र विष्णु अनि पृथ्वीलाई किन टेर्थेर ! निरंकुस पन्चायती ब्यवस्थाकाे झापा बिद्रोह मात्र हैन कि गणतान्त्रिक य्यवस्था र स्वतन्त्रताकाे पराकाष्ठामा भएकाे जेनजी आन्दोलनलाई समेत लडेर, पचाएर , अनि सबै खरानी बनेकाे हेरर र अनुभव गरेर आएका वलि पाटिका २/४ जनाले अध्यक्षबाट राजिनामा दे भन्दैमा राजिनामा दिएर भाग्नेवाला छैनन् । त्यसैले उनकाे राजिनामा माग्ने साथिहरुले सबैभन्दा पैला पाटिमा आफ्नाे बहुमत देखाएर बस्नाेस । साँच्चै तपाईंहरुले एमालेमा परिवर्तन चाहेकै हाे, पाटिलाई वलिकाे हैकमवाद र महेश बस्नेतकाे गुण्डागर्दिबाट पाटि र आँफूलाई बचाउन चाहेकाे हाे भने सबभन्दा पहिला विधिपूर्वक पाटिमा अवश्वासकाे प्रस्ताबकाे प्रकृया शुरु गर्नुस । हैन खालि काँग्रेसमा गगनले विशेष महाधि वेशन बाेलाएर रातारात देउबाकाे पाटि सभापति खाईदिए जस्तै गरि खाई दिने र पाटिमा अस्थिरता मात्रै पैदा गर्न खाेज्या हाे भने कृपया यस्तो धन्दा छाेडनाेस किनभने वलिका कार्यकर्ता देउबाका जस्ता कमजाेर छैनन् । किनभने विगतमा हाम्ले हेरेकै त छम् । वलिले आफ्नाे फाेटाे राखेर ” म झाेले ” भन्ने लेखेर सनमाजिक सञ्जालाँ पाेष्टिने बित्तिकै तिनका कार्यकर्ता त्याे झाेले भन्ने शब्दलाई कसरी दास बनेर पछ्याएका थिए ,बिर्सनु भाे ? ऐले वलिका बिराेधि बनेका तपाईंहरु समेत झाेले लेखेर टाल्नेमा प्रतिस्पर्धा गर्नु भा काे हैन र ? कि बिर्सनु भाे ? यावत प्रकारान्तमा वलिलाई पाटिकाे गद्दाबाट हटाउन गाह्रो छ । त्यसैले यस्ताे कुरा भन्ने बित्तिकै पूरा हुन गाराेछ । त्यसैले हाम्ले नि हिन्दी फिल्ममा याैटा डाईलग छ नि ” लगेरहाे मुन्ना भाइ ” हाे त्यै डाईलग तपाईंहरलाई हाम्राे तर्फाट भन्दिँदा फरक पर्लाजस्ताे लाग्दैन है मलाई त ! बाँकि मर्जि तपाईंहरकाे ।





