जेनजी आन्दोलनमा क्षति संरचना निर्माण गरिँदै

सुर्खेत, १ असोज  ।

२०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पूर्ननिर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकार अर्न्तगत रहेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले ठेक्काको शिलवन्दी खोलेसँगै कार्यालयहरुको पुर्ननिर्माण हुने देखिएको हो ।

कार्यालयका सिडिई अनिल तिम्सिनाका अनुसार कार्यालयले मुख्यमन्त्री निवास, प्रदेश सभा भवन, कोलेनिका लगायतका जलाएर ध्वस्त पारिएका संरचना निर्माण गर्ने भएको हो । मुख्यमन्त्री निवकास निर्माणकालागि ४० ओटा शिलबन्दी दरभाउपत्र प्राप्त भएका छन् भने अन्य संरचनाका लागि ५४ ओटा बोलपत्र दाताले निवेदन दिएको सिडिई तिम्सिनाले जानकारी दिए । उनका अनुसार प्राप्त बोलपत्रकाआधारमा केहि दिनमै मूल्यांकन गरि निर्माण कार्य प्रारम्भ गरिने भएको हो ।

जेनजी आन्दोलनमा क्षति संरचना निर्माण गरिँदै

जुम्लाको पुँजीगत बजेट तीन अर्ब बढी 

जेनजी आन्दोलनमा क्षति संरचना निर्माण गरिँदै

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल  

Leave a comment

Your email address will not be published. Required fields are marked *