वेपत्ता नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्छ: मुख्यमन्त्री आचार्य

नवलपरासी पश्चिम ,१६ भदौ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा पहिरोका कारण वेपत्ता भएका नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्ने बताएका छन् । रोजगारीका लागि बाहिर गएका नागरिक विपत्तिमा परेपछि परिवार नै अलपत्र पर्ने अवस्था रहेकाले संघ, प्रदेश र स्थानीय सरकारले उनीहरूलाई आवश्यक साथ र सहयोग गर्नेगरी भूमिका निर्वाह गर्ने बताएका हुन ।
मुख्यमन्त्री आचार्यले मंगलबार पश्चिम नवलपरासीको रामग्राम–५ स्थित पृथ्वीचन्द्र अस्पतालमा शव व्यवस्थापनको अवस्थाबारे जानकारी लिने क्रममा आयोजित छलफलमा यस्तो बताए । ‘पीडा सिंगो देशलाई परेको छ । पीडा प¥यो भनेर शोकमा रहेर पनि काममा जुट्नुपर्ने अवस्था छ,’उनले भने, ‘रोजगारीको सिलसिलामा बाहिर जानुभएका हाम्रा नागरिक अहिले पनि शिविरमा बस्नुपर्ने अवस्था छ । कतिपय काठमाडौंमा हुनुहुन्छ । उहाँहरूलाई घरमा ल्याउन स्थानीय सरकार र प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुन्छ । त्यो भूमिका खेलिरहेका छौं ।’
वेपत्ता परिवारलाई ढाडस दिने तथा प्रदेश र स्थानीय सरकारबाट कस्तो साथ र सहयोग गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल आवश्यक रहेको मुख्यमन्त्री आचार्यले बताए । मजदुरी गरेर परिवार पाल्ने व्यक्ति विपत्तिमा परेर ज्यान गुमाउँदा वा वेपत्ता हुँदा उनीहरूमाथि आश्रित परिवार नै अलपत्र पर्ने अवस्था आउने भएकाले जिम्मेवार निकायले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
वेपत्ता नागरिकको खोजी तथा राहत र उद्धारका विषयमा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको उनले जानकारी दिए । साथै, नारायणी नदीमा आएको बाढीका कारण सुस्ता क्षेत्रमा पर्न सक्ने जोखिमप्रति पनि प्रदेश सरकारले विशेष ध्यान दिएको उनले बताए ।
मुख्यमन्त्री आचार्यले बाढीका कारण नारायणी नदीको बहाव पश्चिम नवलपरासी क्षेत्रमा समेत प्रभावित भएपछि शव व्यवस्थापनमा स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा कर्मचारीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
‘नारायणी यहीँबाट बगेका कारण तपाईहरूलाई धेरै प्रेसर भयो । यहाँहरूले धेरै राम्रो भूमिका निर्वाह गर्नुभयो । शव व्यवस्थापनका लागि अहोरात्र खटिनुभयो र जिम्मेवारीपूर्ण ढंगले काम गर्नुभयो,’ उनले भने, ‘प्रदेश सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’
उनले शवको संरक्षण र पहिचानमा स्वास्थ्यकर्मीले निर्वाह गरेको भूमिकाको समेत प्रशंसा गरे । शव नबिग्रियोस् र पहिचान गर्न सहज होस् भनेर स्वास्थ्यकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले जति धन्यवाद दिए पनि कम हुने बताए । शव व्यवस्थापनमा कुनै पनि कमजोरी हुन नदिने गरी संवेदनशील भएर काम गर्नुपर्ने भन्दै उनले शव व्यवस्थापनमा खटिएका सबै तहका कर्मचारीको सम्मान र व्यवहारमा समेत विशेष ध्यान दिनुपर्ने बताए ।

मुख्यमन्त्री आचार्यले यसअघि मंगलबार नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र नवलपरासी पश्चिमको शव व्यवस्थापन स्थलको अनुगमन गर्दै समेत शव व्यवस्थापनको अवस्थाबारे जानकारी लिएका थिए । रसुवा लगायतका बाढी प्रभावित क्षेत्रमा ज्यान गुमाएका तथा वेपत्ता भएका नागरिकका शव नारायणी नदी हुँदै पश्चिम नवलपरासीमा फेला परेपछि प्रदेश सरकारले शव व्यवस्थापन, पहिचान र परिवारसम्म पु¥याउने प्रक्रियालाई प्राथमिकतामा राखेको छ ।

वेपत्ता नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्छ: मुख्यमन्त्री आचार्य

रसुवा बाढीमा बेपत्ता कोहलपुरका सशस्त्र प्रहरीका वरिष्ठ

वेपत्ता नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्छ: मुख्यमन्त्री आचार्य

इनिशा मृत्यु प्रकरणमा जोडिएका तीन बालकलाई परिवारको

Leave a comment

Your email address will not be published. Required fields are marked *