रत्न राजमार्गमा लागुऔषध परीक्षणबाट २५ जनामध्ये ८ जनामा सेवन पुष्टि

बाँके, ५ भदौं ।
बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित रत्न राजमार्गमा गरिएको लागुऔषध परीक्षणका क्रममा २५ जनामध्ये ८ जनामा लागुऔषध सेवन गरेको पाइएको छ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक यात्रालाई प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरले  संयुक्त रूपमा लागुऔषध परीक्षण अभियान सञ्चालन गरेका हुन् । अभियानमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जले प्राविधिक सहयोग गरेको थियो ।
अभियानका क्रममा सार्वजनिक बस, विद्युतीय सवारी, अटो, मोटरसाइकल र स्कुटरका चालक तथा केही यात्रुको मल्टिपल ड्रग टेस्ट किटमार्फत परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार परीक्षण गरिएका २५ जनामध्ये ८ जनाको रिपोर्ट लागुऔषध सेवनतर्फ पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएका व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा राखिएको शाहीले बताए ।
‘पोजेटिभ देखिएका व्यक्तिहरू लागुऔषध सेवनमा मात्र संलग्न हुन् वा यसको कारोबारमा समेत संलग्न छन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा कानुनी प्रक्रिया अघि बढाइनेछ ।’
प्रहरी निरीक्षक शाहीका अनुसार लागुऔषध तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम उच्च हुने गरेको छ । उनले लागुऔषध सेवन गरी सवारी चलाउने प्रवृत्ति सडक सुरक्षाका लागि गम्भीर चुनौती भएको बताए । ‘लागुऔषध र मादक पदार्थ सेवन गरेर सवारी चलाउनु सडक सुरक्षाका लागि गम्भीर चुनौती हो,’ उनले भने, ‘दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले यस्ता परीक्षण अभियानलाई निरन्तरता दिइरहेको छ ।’
प्रहरीका अनुसार रत्न राजमार्गमा सञ्चालन हुने सवारीसाधनका चालक तथा यात्रुलाई लक्षित गरी आगामी दिनमा पनि लागुऔषध परीक्षणसँगै सडक सुरक्षा र लागुऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गरिनेछ ।
रत्न राजमार्गमा लागुऔषध परीक्षणबाट २५ जनामध्ये ८ जनामा सेवन पुष्टि

सार्वजनिक संस्थानका कर्मचारीलाई सर्तसहित तलबभत्ता

रत्न राजमार्गमा लागुऔषध परीक्षणबाट २५ जनामध्ये ८ जनामा सेवन पुष्टि

तीला कर्णालीमा बन्ने दुई ठुला  जलविद्युत आयोजनामा

Leave a comment

Your email address will not be published. Required fields are marked *