रातो जङ्गली च्याउसहित एक जना पक्राउ

कैलाली, २९ साउन । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच बोरा प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिँजा गाउँपालिका–५, जुम्ला घर भई हाल सुर्खेत बस्ने चन्द्राकली बुढा रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको एउटा बसलाई स्थानीय सुब्बाकुना चेकपोस्टमा जाँच गर्ने क्रममा बसमा रातो जङ्गली च्याउ फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार बसको डिक्कीमा लुकाईछिपाई राखिएको अवस्थामा पाँच बोरा रातो जङ्गली च्याउ फेला परेको थियो । 

च्याउको तौल ७४ केजी रहेको प्रहरी नायब उपरीक्षक बोहोराले जानकारी दिए । पक्राउ परेकी बुढामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

रातो जङ्गली च्याउसहित एक जना पक्राउ

महाकाली करिडोरः डेढ दशकमा छ किलोमिटर कालोपत्र

रातो जङ्गली च्याउसहित एक जना पक्राउ

आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान

Leave a comment

Your email address will not be published. Required fields are marked *