घुयँत्राे:”कांग्रेसले ढोका बन्द गरिदिएपछि ओली–प्रचण्डको ‘कमरेड मिलन महोत्सव’!”

वलि कमरेड देशाँ यति ठूलाे परिवर्तन भाे तर तपाईं न सच्चिनु भाे न सच्चिने बाटाँ हुनुहुन्छ भन्दै काँग्रेसले त प्रदेशका सरकाराँ एमालेसित गठबन्धन गरेर सरकाराँ नजाने भन्द्याे त हँ । हुन पनि के भा हुन कुन्नि वलि !? जनताले २ तिहाइ मत दिएर यस्ताे भारी मतले जिताउँदा नि ए आई प्रयाेग गरेर एआईले जिताकाे भन्छन कैले भने कैले पैलै बाकसाँ छाप लाएर हालेर बाकस साटेर रास्वपाले चुनाब जित्या हाे त्यसैले बालेनलाई सरकार चलाउने हक छैन भनेर गर्जिन्छन । वलिकाे स्वभाव परिवर्तन हुने कतै संकेत नदेखिएछि काँग्रेस सभापति गगन ले सातै प्रदेशाँ एमाले शीत गठबन्धन गरेर सरकाराँ नजाने घाेषणा गरेछि बिचरा एमालेहरु अमिलाे मुखलाएर बस्दैछन । उता हिजाेसम्म वलिलाई पाटि एकीकरण गरम् भनेर केहिदिन एमालेका नेताहरकाे चाकरी गर्दा गर्दा हारथाक भएर बसेका प्रचण्ड शीत सरकार बनाम भनेर के नाकले वलि जालान र अब संकट त गहिरै आयाे त हँ । त्यसाे त अब एमालेसित मिलेर काँग्रेसले सरकार नबनाउने हाे भनेत कमिनिष्ट कमिनिष्ट एक भएर सरकार बनाउन जाम भनेर भन्नू सिवाय वलि र प्रचण्ड शीत अरु कुनै बहानै छैन त अनि नमिलि सुख्ख ! त्यसै त राजनितिकाे अन्तिम दाैड भनेकै सत्ता हाे त , त्याे सत्ताँ तिमरुनै जाव भनेर काँग्रेसले बाटो खुला गर्देछि यी कमिनिष्टहरलाई सरकार बनाउन ह्याँ भन्दा अरु के चिट्ठा पर्नु पर्ने हाे र के । दुबै पाटि मिले भने सातै प्रदेशाँ सरकार बनाउन सक्ने र राष्ट्रकाे ढुकुटी खेलाएर मन्त्रीकाे पदाँ बसेर चुनाब लडन पाइने बेलाँ नि सरकार बनाउन नलागेर उहीँ पुरानै रिसईबि साँचेर बसेर हुँदाे त ! सत्ताँ जान पाई भएछि त जाेईलाने जारहरु त वार्ताँ बस्छन भने वलि र प्रचण्ड वीच त त्यस्ताे ठूलाे दुष्मनि नै के छ र नमिल्ने हाे के ! तर चिन्ता नगर्नाेस माओवादिका सांसदज्युहरु ऐले प्रचण्ड कमरेड श्रीलंकातिर हान्निनु भाछ कि क्या ! शनिबारसम्म ह्वाँ श्रीलंका` ट कमिनिष्टहरुकाे भाेज खाएर फर्किनु हुन्छ त्यसपछि वलि दरबाराँ पुगेर वलिलाई अनेक तरहले चिमाेटन थाल्नु भाे भने सरकार बनाउने सहमति हाेईजाला । त्यत्ति हाे तपाईंहरकाे छिटछिटाेमन्त्री बन्ने चाहना पूरा नहाेला तर प्रचण्डले अन्तत एमालेसित अनेक भाँति बिन्ति गरेर सरकार बनाउने खेल सफल हुन्छ हुन्छ यसाँ दुईमतै छैन । त्यसैले विशेष गरेर कर्नालिका माओवादि प्रदेश सभासद साथीहरु चिन्ता नगर्नाेस अब एमालेसित सरकारमा गठबन्धन नगर्ने भनेर काँग्रेसले घाेषणा गरिसकेछि राज्यकाे ढुकुटियाँ दाइँ हाल्न पाउने तपाईंहरकै पुन्पुराँ लेख्याछ त त्यसैले ढुक्कै हुम याे प्रदेशाँ अरु काेई छैनन कि त्यै एमाले अनि कि त्यै माओवादि त हाे । अब त कर्नालि भन्या तपाईंहरुकै भाग हाे । वलिले लुछेरै लैजान्छु भनेनि सम्भबै छैन । किनभने विकल्पै छैन त अनि वलि एक्लै बतुराय र मात्रै हुन्छ र !? हिजाेसम्म काँग्रेसले केही गरेन काँग्रेसले अति गर्याे हाम्रा भागाँ केई परेन भनेर फडफडाउने माओवादि नेताहरले अब त बजेट संसाेधन गरेर भएनि गाउँभरि याेजना बाँडने अनि उपभाेक्ताका नाममा याेजना बनाउँदै कार्यकर्ता पाेस्तै गर्ननि सजिलाे हुने भाे । के था फेरि कैल्यै चुनाब जितेर यस्ताे अबसराँ सहभागी हुन पाईने हाे कि हाेईन ! त्यसैले माैका यै हाे जनयुद्धलाई बिर्साउने गरि कुम्ल्याउनु हाेला । तर काँग्रेस शीत कैल्यै हात पसर्न पर्दैन झैँ गरि सदनमा काँग्रेस मन्त्री का विरुद्ध माओवादीहरुले आगाे ओकल्याै त्याे कुरालाई विर्सेर सँगै सरकार बनाम भन्न चाईँ लाज मान्नु है ।अन्यथा भाेलि फुटपाथे भएर हिँडदा मुखाँ माखा पनि नबस्ने स्थिति आउन सक्छ । त्यसैले बेलैमा हाेस गरम् कमसेकम् कर्नालियाँ माओवादिसित मिलेर सरकार नबनाम जनताका अगाडि नाङ्गिननि कति धेरै नाङ्गिनु के !
” बिरसिक्का”






