कुमारी बैंकद्वारा पञ्चकोशी माध्यमिक विद्यालय सहयोग

सुर्खेत, ३१ असार ।
कुमारी बैंक लिमिटेड, शाखा कार्यालय सुर्खेतले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व  कार्यक्रम अन्तर्गत विद्यालयलाई सहयोग गरेको छ । दैलेख जिल्लाको नाभिस्थानस्थित पञ्चकोशी माध्यमिक विद्यालयलाई ५० (पचास) वटा स्टडी टेबल सहयोग प्रदान गरेको हो ।
उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको दैनिक पठनपाठन कार्यलाई सहज, व्यवस्थित तथा प्रभावकारी बनाउन आवश्यक शैक्षिक फर्निचरको अभाव रहेको जानकारी प्राप्त भएपछि बैंकले उक्त सहयोग उपलब्ध गराएको थियो । यस सहयोगबाट विद्यार्थीहरूलाई आफ्नो शैक्षिक सामग्री व्यवस्थित रूपमा राख्न तथा अध्ययनमा केन्द्रित हुन थप सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
पञ्चकोशी माध्यमिक वेद विद्याश्रम केवल एक शैक्षिक संस्था मात्र नभई हाम्रो सभ्यता, संस्कृति, परम्परा र मौलिक पहिचानको जीवित धरोहरका रूपमा परिचित छ । दैलेख जिल्लाको पवित्र नाभिस्थान क्षेत्रमा अवस्थित यस विद्याश्रमले बटुक ऋषिकुमारहरूलाई वेद शिक्षा प्रदान गर्दै सनातन ज्ञान परम्पराको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
नाभिस्थान क्षेत्र आस्था र विज्ञानको अद्भुत संगमका रूपमा समेत परिचित छ । यहाँ अध्ययनरत विद्यार्थीहरू केवल विद्यार्थी मात्र नभई भविष्यका समाजका मार्गदर्शक, संस्कृतिका संवाहक तथा राष्ट्र निर्माणका आधारस्तम्भका रूपमा हेरिन्छन् । यसै सन्दर्भमा, विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री व्यवस्थित राख्न फर्निचरको आवश्यकता महसुस गर्दै कुमारी बैंक लिमिटेड, सुर्खेत शाखाले ५० वटा स्टडी टेबल सहयोग गरेको हो ।
वि.सं. २०५७ चैत २१ गते स्थापना भएको कुमारी बैंक लिमिटेड देशकै अग्रणी, नवप्रवर्तनशील तथा ग्राहक–केन्द्रित बैंकका रूपमा स्थापित भइसकेको छ । देशभर फैलिएको सेवा सञ्जाल, आधुनिक डिजिटल बैंकिङ प्रणाली तथा ग्राहकप्रति समर्पित सेवामार्फत बैंकले आफ्नो पहिचान अझ मजबुत बनाउँदै आएको छ ।
कार्यक्रममा कुमारी बैंक लिमिटेड सुर्खेत शाखाका शाखा प्रबन्धक निरञ्जन ज्ञवाली तथा कर्णाली प्रदेश प्रमुख हिमाल प्रसाद मुडभरीप्रति विद्यालय प्रशासनले विशेष धन्यवाद ज्ञापन गरेको छ । साथै, विद्यालयका विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग पुर्‍याएकोमा बैंकप्रति कृतज्ञता व्यक्त गरिएको छ ।
कुमारी बैंकद्वारा पञ्चकोशी माध्यमिक विद्यालय सहयोग

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब

Leave a comment

Your email address will not be published. Required fields are marked *