बलात्कारका घटनाको विरोधमा रुकुम पश्चिममा प्रदर्शन

भावना शर्मा/प्रचण्ड खत्री
रुकुम पश्चिम, १७ असोज ।
देशैभरी भैरहेको बलात्कारका घटनाको विरोध गर्दै रुकुम पश्चिमका मानब अधिकारकर्मीहरुले विरोध प्रर्दशन गरेका छन् । नागरिक अगुवा तथा मानव अधिकारकर्मीहरुले देशभरी भैरहेको बलात्कारका घटनाको विरोधमा जिल्ला सदरमुकाम मुसिकोट खलंगामा धर्ना तथा प्रर्दशन गरेका हुन ।

मौनता तोडौं र केही बोलौं, बलात्कारीलाई अपराधको प्रकृति हेरी नपुङ्सक बनाउनेसम्मको कानूनि कारवाहीको व्यवस्था गर्न राज्यको नीति निर्माण तहमा बसेकाहरुलाई दवाव सृजना गरौं लगायतका नारा लगाउँदै उनीहरुले प्रर्दशन गरेका छन् ।  शुरुमा खलंगास्थित कालिका थानमा सामुहिक रुपमा धर्ना दिएका मानब अधिकारकर्मीहरुले सिटी बजाउँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन–पत्र बुझाएका छन् ।

अन्तरपार्टी महिला सञ्जाल रुकुम पश्चिम, महिला पुनस्र्थापना केन्द्र ओरेक, हरप्यलेस र अनौपचारिक सेवा केन्द्र इन्सेक रुकुमले समाजमा यस्ता खालका घटनाहरुको निराकरण गर्न र दोषीलाई कार्वाही गर्न भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र समेत बुझाएका हुन ।

महिला तथा बालिबालिकाहरुमाथी हुने हिंसा तथा विभिन्न विभेदको अन्त्य गर्न मानब अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाई ६ बुँदे ज्ञापन पत्र बुझाएका हुन । पछिल्लो समय देशभरी नै महिला तथा बालिकाहरु माथी बलात्कारका घटना बढी रहँदा पनि दोषीलाई कार्वाही नभएको भन्दै सरोकारवाला निकायहरुलाई दबाब दिन विरोध प्रदर्शन गरिएको अनौपचारिक सेवा केन्द्र इन्सेक रुकुमका प्रतिनिधी मनिसा केसीले बताउनुभयो । उहाँका अनुसार अक्टोबर २ अर्थात असोज १६ गतेदेखि आगामी डिसेम्बर १० सम्मका लागी अभियान सुरु भएको हो । प्रर्दशनमा जनता समाजबादी पार्टी रुकुम पश्चिमले पनि सर्मथन जनाएको थियो ।

बलात्कारका घटनाको विरोधमा रुकुम पश्चिममा प्रदर्शन

कोभिडको असरमा परेका शेयर सदस्यलाई व्याजमा राहत

बलात्कारका घटनाको विरोधमा रुकुम पश्चिममा प्रदर्शन

YUGAAWHAN NATIONAL DAILY (2077-06-17)

Leave a comment

Your email address will not be published. Required fields are marked *