बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन–२०२६ विश्वव्यापी शैक्षिक सहकार्य विस्तारमा जोड 

सुर्खेत, १३ वैशाख । 

कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरस्थत मध्यपश्चिम विश्वविद्यालयमा सुरु भएको ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन–२०२६’ विश्वव्यापी शैक्षिक सहकार्य विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’(मल्टिडिस्प्लिनियरी ईन्टरनेश्नल कन्फेरेन्स) मा बोल्ने स्वदेशी तथा विदेशी वक्ताले यस्तो अन्तरराष्ट्रिय सम्मेलनले ज्ञान आदानप्रदान, अनुसन्धानको स्तरवृद्धि तथा विश्वव्यापी शैक्षिक सहकार्य विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरेका हुन् ।

बिरला ग्लोबल विश्वविद्यालयका प्रतिनिधि डिन प्राडा अर्चना चौधरी, जर्मनीबाट प्रमुख वक्ताको रूपमा निम्त्याइनुभएकी प्राडा सुसान्ने र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा अच्युतप्रसाद वाग्लेसहितका वक्ताले मानव समाजमा हाल देखिएका चुनौतिको सामाना गर्न समन्वय, सहकार्य र एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

उनीहरूले कृत्रिम बुद्धिमता, डिजिटल रुपान्तरण र दीगोपनको भूमिका सम्बन्धित विषयमा अन्तरविषयगत सहकार्य र विश्वव्यापी ज्ञानलाई आदानप्रदान गरी समावेशी, दीगो तथा नवप्रवद्र्धनशील समाज निर्माणमा सम्मेलन कोसेढुङ्गा सावित हुने बताए ।

उक्त सम्मेलनमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित देशभरका उपकुलपति सम्मिलित राउण्डटेबल छलफलमा विश्वविद्यालयका विद्यमान समस्या, चुनौती सम्भावना र अवसर बारे उच्चस्तरीय प्राज्ञिक मन्थन भएको थियो । जसको सहजीकरण मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा पन्ना थापाले गरेका थिए ।

त्यसैगरी, कृत्रिम बुद्धिमत्तता र विश्वव्यापी रुपान्तरणले हाम्रो जीवनशैली, अर्थतन्त्र, शासन प्रणाली र सामाजिक संरचनामा गहिरो प्रभाव पारेकोले यो अवस्थामा दीगो भविश्य निर्माणका लागि अन्तरविषयगत सहकार्य र बहसको अपरिहार्यता दर्शाइएको मध्यपश्चिम विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार ‘ईन्टरडिस्प्लिनियरी सिनर्जिज फर अ सस्टेनेबल फ्यूचर ईन द एज अफ एआई एण्ड डिजिटल ट्रान्सफरमेसन’ भन्ने मूल नारामा आधारित रहेर नेपालको उच्च शिक्षा, अनुसन्धान संस्कृति, अन्तरराष्ट्रिय सहकार्य, क्षेत्रीय विकास र नीति संवादलाई एउटै साझा मञ्च जोड्ने प्रयास अनुरुप आजदेखि सुरु भएको सम्मेलन वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ ।

सम्मेलनमा उपकुलपति प्राडा ध्रुवकुमार गौतमसहित पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसी, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपाल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलिया, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा अच्युतप्रसाद वाग्ले, गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा कृष्णप्रसाद अधिकारी, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्राडा अमरप्रसाद यादव, सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा यज्ञराज भट्टलगायतको सहभागिता थियो ।

बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन–२०२६  विश्वव्यापी शैक्षिक सहकार्य विस्तारमा जोड 

सुर्खेत–दैलेख प्रसारण लाइनको काम तीव्र

Leave a comment

Your email address will not be published. Required fields are marked *