सांस्कृतिक पर्यटनको विकासमार्फत समृद्धिको आकांक्षा पुरा गर्न सकिन्छः मुख्यमन्त्री आचार्य

दाङ ,१२ चैत ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चैते दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको कामना गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको शुभकामना सन्देशमा चैते दशैंलाई नेपालीहरूको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा उल्लेख गर्दै यस्ता चाडपर्वहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र समग्र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभएको हो । उहाँले मौलिक चाडपर्वहरू नेपाली पहिचानको आधार हुनुका साथै पर्यटन प्रवद्र्धनसँग पनि गहिरो सम्बन्ध रहेको उल्लेख गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक पर्यटनको विकासमार्फत प्रदेशको समृद्धि हासिल गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ ।
सन्देशमा नेपालले लामो संघर्षपछि प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समावेशी शासन व्यवस्थाले सबै धर्म, संस्कृति र परम्परालाई समान सम्मान गर्ने आधार प्रदान गरेको उल्लेख गरिएको छ । विविध चाडपर्वहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउँदै आएको पनि उहाँले बताउनुभएको छ ।
मुख्यमन्त्री आचार्यले चैते दशैंले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहकार्य र भातृत्व अझ मजबुत बनाउनुका साथै सबैको जीवनमा नयाँ ऊर्जा, उत्साह र सकारात्मकता ल्याओस् भन्ने कामना गर्नुभएको छ । यसैविच लुम्बिनी प्रदेश सरकारले चैते दशैंको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

सांस्कृतिक पर्यटनको विकासमार्फत समृद्धिको आकांक्षा पुरा गर्न सकिन्छः मुख्यमन्त्री आचार्य

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

सांस्कृतिक पर्यटनको विकासमार्फत समृद्धिको आकांक्षा पुरा गर्न सकिन्छः मुख्यमन्त्री आचार्य

जेनजी आन्दोलन जाँचबुझसहित तीन दस्तावेज सार्वजनिक गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds