घुयँत्राे”:पुरानो ‘मेक्याबलि’ गयो, नयाँ ‘मेक्याबलि’ आयो कि क्या हो?”

पन्चायतमा जुनसुकै प्रधानमन्त्री भएनि जाेगमेहर श्रेष्ठ मन्त्री भै हाल्थे । त्यसैले ३९ साल देखि करिब ४४ सालसम्म राजनीतिमा थाेरातिना जानकारी राख्नेले “मेक्याबलि” भनेछि काठमाडौंका जाेगमेहरलाई चिनिन्थ्याे । उनी दरबारका अत्यन्त निकट भएकाले नि राजाले जस्लाई प्रधानमन्त्री बनाएनि मन्त्रीकाे नाममा जाेगमेहरकाे नाम जाेडिएकै हुन्थ्याे त्यसैले उनी मन्त्री क्वाटरबाट सितिमित डेराडण्डा सार्न नपर्ने मन्त्री मध्येमा पर्थे । तर, त्यसरी निरन्तर मन्त्री हुँदानि उनले भष्टाचार गरेकाे कुरा त्यति बाहिर आएन सायद भष्टाचारपनप नगर्ने देश र जनताका लागि कुनै राम्रो काम पनि नगर्ने दरबारकै गुणगान मात्रै गाएर हिँडने भएर पनि हाेला जाेगमेयरले नत सम्पतिनै जाेडेकाे देखियाे नत भष्टाचारीमै चिनिय । तथापि त्यसबेलामा नि रातारात कमाउने र भष्टाचार गर्नेमा तराईका मान्छेहरुनै देखिए र हाम्ले उनिहरुका नाम सुन्थिम पनि । ऐले गणतन्त्र आएपछि पनि सबैभन्दा भष्टाचारी तराईकै मान्छे छन ।
उनिहरु भष्टाचार गर्न र सत्तामा बस्न पाएनन भने केही न केही वितण्डा मच्चाएर हिँडछन । त्यस्तै भष्टाचारी मध्ये र गणतन्त्र आएछि सबैभन्दा बढि मन्त्री हुने शरतसिंह भण्डारीनै हुन । जसरि हुन्छ कमाउ मन्त्रालय राेज्ने र भष्टाचार गर्नका लागि जुनसुकै मूल्य चुकाउन तयार हुने भण्डारीलाई बहुदलपछिकाे ” मेक्याबलि ” भनेर पनि चिनिन्छ । जेन्जि आन्दोलन भन्दा अघिकाे मन्त्रीमण्लमा पनि मन्त्री रहेका भण्डारी उनकाे बस चलेकाे भए म पनि जेनजीकाे नेता हुँ भनेर सुशीला कार्कीलाई मन्त्री बनाईदिन आउँथे हाेला तर त्यसाे हुन सकेन र मात्रै उनी ऐले मन्त्रीमण्डल बाहिर छन । यता भरखरै देशमा चुनाब सकिएकाेछ ।चुनाबमा जेनजीकै पाटि रास्वपाले २ तिहाई ल्याएकाेछ । चुनाबमा उनरले गरेकाे घाेषणा अनुसार अब देशका भष्टाचारीहरुलाई कारबाहि गर्नु पर्ने माग सबैबाट उटि रहेकाेछ र स्वयं घण्टिबाट जितेका बिराज भक्त श्रेष्ठले नै भष्टाचारीलाई कार्वाहि गर्ने कुरा उठाए रहेकाछन ।श्रेष्ठले त्याे कुरा उठाई रहँदा उनका ससुरा शरतसिंह भण्डारीले अकुत सम्पति कमाई रहेकाे र उनलाई कार्वाही गर्ने कुरामा विराजले कुरा उठाउन सक्छन कि सक्दैनन या आफ्ना ससुरालाई पन्छाएर अरुलाई मात्रै कार्वाहि गर्ने कुरा उठाउलान कि रास्वपाले निष्पक्ष काम गर्लाई सबैकाे मनमा यै जिज्ञासा उठि रहेकाेछ । हेराैँ यीनिहरुनि हिजाेकै राजनीतिक दलजस्ता छन कि अपराधी र भष्टाचारीलाई कार्वाहि गर्न आफ्नो विरानाे भन्दैनन र सबैप्रति एकनास व्यवहार गर्दछन । जनताले ऐले पुरानो दललाई भाेट नदिएकाे पनि रास्वपाले भष्टाचारीलाई कार्वाहि गराेस भनेर दिएकाे हाे । एमाले र काँग्रेसले सत्तामा ब्रहमलुट मच्चाएकाे र भष्टाचारलाई पराकाष्ठामा पुर्याएपछि देश लथालिङ्ग भएकाले त्यसलाई सम्हाल्नकै लागि नयाँ दललाई दुई तिहाई दिएका हुन । अब दुई तिहाई ल्याएकाे दलले जति सक्याे छिटाे भष्टाचारीलाई कार्वाही गरेर देखाउनु पर्छ र जनताले हाे याे पाटिले गर्छ भन्ने विश्वास दिलाउनु पर्छ । हैन याे दुई तिहाई ल्याएकाे दलनि लटरपटर गरेर जनतालाई भुल्याउन थाल्छ र हिजाे काँग्रेस एमालेले गरेकाे जस्तै गर्न तम्सिन्छ भने जनताले यसलाई पनि बाँकि राख्नेवाला छैनन । राजनीतिका मेक्याबलि र भष्टाचारीलाई छानिछानि कार्वाहि गर्न सकियन भने याे जितकाे कुनै अर्थ रहनेछैन । रास्वपाका नेताहरुमा चेतना भया ।




