घुयँत्राे:गालीको राजनीति र त्रासको लोकप्रियता : बलियालाई नै किन हानिन्छ?

हैन याे केपि वलि भन्ने मान्छेले नि चाँदाँ त लेखेरै ल्यारैछन के । उनकाे लाेकप्रियता हाेकि जनतामा उनकाे त्रास हाे कुन्नि । पाटिका कार्यक्रम हुनकि अन्य कार्यक्रम वलिकाे छतिपति उडाउन तम्स्या हुन्छ यार त्याँकाे जमात । अरु त अरु त्याे काँग्रेसकाे विशेषअधिवेशनाँनि काँग्रेसीहरलेआन्द्रा चुटन्यैगरि कराएर ” ओलिचाेर देशछाेड” भनेर नारालाए तनि ! आफ्नाे अधिवेशनाँ बरु आँफुलाई मन नपर्या आफ्नै नेताकाे विरुद्ध नारा लाउनुनि । गठबन्धनका विरुद्ध बाेल्ने गगन थापा कार्यक्रम भा हुनाले हिजाेका दिनाँ देउबा र ओलिकाे सँगै रिस फेर्न वलिविरुध्द नारा ला हुनकि ! त्यसाे त अब काँग्रेस फुटेछि बलियाे हुने त एमालेनै हाे । अनि एमाल्या कर्ताधर्तालाई गालि नगरेर कसलाई गरुनतनि । ऐल्या राजनीतियाँ बलिया भन्या वलिनै देख्खिय । नेपालकाे राजनीतिक देखासिकिनै जाे बलियाे बाङ्गाे छ त्यसैलाई खेदाे खन्ने त रैछ त । शेरबादुरका बुढाबुढिले पाटि खाउनजेल तिनर्लाई टक्टक्याउनसम्म टक्टक्याए । मुखले भनेर मात्रै नभएर घराँ आगै लाएर सारा श्रीसम्पतिनै सिध्याए । जेनजीका नाममा मान्छ्या घरबारनै डढाएर उल्लाई सडकाँ पुर्याउने राजनीतिले देश र जनता बलिया हुन्छन भन्ने मानसिकताँ हुर्किन थाल्या राजनीतिले देशलाई कति वर्षाँ खाक बनाउने हाे र याे खेलाँ वलिमात्रै हैन काेकाे सामेल हुँदै जान्छन त्याे त समयलेनै देखाउला तर, नेपालकाे राजनीतियाँ पुरानाे र बलियाे भन्या लाेकतान्त्रिक पाटियाँ भाकाे घुसपैठ र पाटिलाई चरनाम नाङ्गो बनाएर सडकाँ पुर्याउने कामले छेउछाउका धेरैलाई घच्च लाग्न सक्छ । ऐले हरेक दलाँ जेनजीका नाममा उग्रता निम्त्याउने, अपराधपलाई निर्अपराधि घाेषणा गरेर सडकाँ खुलेआम छाति फुलाएर हिँडने जुन अबसर जुटाईँदैछ त्यसले एकदिन ती अबसर जुटाई दिनेहरुलाईनि बढारेर लैजाने निश्चित छ । त्यसैले चाहे गगनकाे पाटि हाेस वा रविकाे,या हाेस देउवा,ओलि,प्रचण्ड र कुलमानकाे पाटि यिनिहरुले समयमै युवाहरुलाई तहलाउन खाेजेनन भने यिनले जेनजीका नाममा फेरि देशभर उत्पात मच्चाउन छाेडनेछैनन । त्यसैले अब सबै दल यस्ताे घिनलाग्दाे राजनीतिबाट अघाएकै हुन र देश बनाउनकै निम्ति फागुन २१ काे चुनाबका लागि कम्मर कसेर अघि बढेका हुन भने दलहरुनि आफ्ना कार्यकर्तालाई अनुशासनमा राखेर अघि बढनु पर्छ भने जनताले पनि उमेदवारलाई राम्रोसँग परखेर मत हालि प्रतिनिधि छान्न सकेभने याे देशकाे सबैभन्दा ठूलाे चुनाैति भष्टाचारलाई निमिट्यान्न पारेर देश र जनताकाे समृद्धिका लागि काम गर्न सकिन्छ । त्यसैले गालिगर्ने संस्कृति त्यागाैँ र देश बनाउने संस्कृति अंगालाैँ । बुढा भएका र नसुध्रिने नेतालाई बिस्तारै थापनाका नेता मानेर जुन क्षेत्रमा जसकाे विज्ञता छ त्यसले त्यै ठाउँमा बसेर काम गर्न थाल्याेभने निश्चयनि आजसम्मका दुख जति विर्साउने दिन आउन सक्दछन । त्यसका लागि सबैकाे मेहनत चाई चाहिन्छ । के हामी एकता र मेहनतका साथ अघि बढन प्रण गर्न सकाैँला । अस्तु!

घुयँत्राे:गालीको राजनीति र त्रासको लोकप्रियता : बलियालाई नै किन हानिन्छ?

आलेखः ‘वादी समुदायको न मेटियो जातीय विभेद,

घुयँत्राे:गालीको राजनीति र त्रासको लोकप्रियता : बलियालाई नै किन हानिन्छ?

चंखेली १०० किलोवाट सोलार मिनिग्रिड सफल, शुभकालिका

Leave a comment

Your email address will not be published. Required fields are marked *