विकास नायक अवार्डबाट १० जना सम्मानित

काठमाडौँ, २६ पुस ।

विभिन्न १० क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने १० जना विकास नायक सम्मानित हुनुभएको छ । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड समारोहमा उहाँहरू सम्मानित हुनुभएको हो । विकास नायकहरूलाई अर्थमन्त्री रामेश्वर खनालले अवार्ड तथा सम्मानपत्र प्रदान गरे ।

राजनीतिक संस्कार, सुशासन र विकास क्षेत्रबाट ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उद्योग क्षेत्रबाट गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, कृषि क्षेत्रबाट फर्स्ट च्वाइस फुड्स लिमिटेडका अध्यक्ष कृष्णप्रसाद पौडेल, ऊर्जा क्षेत्रबाट आरएम ग्रुपका अध्यक्ष कृष्ण आचार्य, पेसागत कर्मबाट देश तथा विदेशमा प्रतिष्ठा आर्जन गरी राष्ट्र निर्माणमा योगदान दिने धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा रामकण्ठ माकजु श्रेष्ठ, सूचना प्रविधि क्षेत्रबाट आइएमई ग्रुपका संस्थापक हेमराज ढकाल ‘विकास नायक २०८२’ बाट सम्मानित भएका छन् ।

त्यसैगरी, सिर्जनशील र निष्ठापूर्ण व्यवसायतर्फ सानिमा ग्रुपका सञ्चालक जीवा लामिछाने, शिक्षा तथा स्वास्थ्य क्षेत्रबाट नेपाल विश्वविद्यालयका उपकुलपति प्रा डा अर्जुन कार्की तथा कला तथा मनोरञ्जन क्षेत्रबाट अभिनेत्री सुरक्षा पन्त सम्मानित भए ।

अर्थमन्त्री खनालले पछिल्लो समय उद्योगी व्यवसायीको मनोबल कमजोर भएको अवस्थामा विकास मिडियाले गरेको सम्मानले उत्प्रेरणा र थप काम गर्न ऊर्जा थप्ने विश्वास व्यक्त गरे । उनका अनुसार देशमा लगानीमैत्री वातावरण सृजना गर्नका लागि मनोबल उच्च बनाउन आवश्यक छ ।

कार्यक्रममा विकास मिडियाका अध्यक्ष रामकृष्ण पौडेलले चौतर्फी रूपमा निराशा फैलिरहेको बेला सञ्चारमाध्यमबाट हुनसक्ने सिर्जनशील र उत्प्रेरणामूलक कामले व्यक्तिलाई थप प्रोत्साहन गर्ने बताए । “विकास मिडिया रचनात्मक र सकारात्मक सन्देश प्रवाहमा सधैँ प्रतिबद्ध छौँ, व्यक्ति र व्यवसायीलाई थप ऊर्जा भर्नका लागि हामीले हाम्रो तर्फबाट हुनसक्ने कदम चालेका हौँ”, उनले भने ।

विकास नायक निर्णायक समितिका संयोजक कृष्णहरि बास्कोटाले आआफ्नो क्षेत्रमा उत्कृष्ट काम गरेका व्यक्तिहरूलाई निष्पक्ष ढङ्गबाट छनोट गरेर सम्मानित गरेको बताए । उनका अनुसार १० वटा क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको मूल्याङ्कनका आधारमा ‘विकास नायक, २०८२’का लागि छनोट गरिएको हो ।

विकास नायक अवार्डबाट १० जना सम्मानित

कोहलपुर  नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न

विकास नायक अवार्डबाट १० जना सम्मानित

अति विपन्न तीन सय बालबालिकालाई न्यानो लुगा 

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds