सिम्तामा ‘हेलो धारा’ परियोजना कार्यान्वयन निर्देशिकाबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुर्खेत ,२५ पुस।
सिम्ता गाउँपालिका, सुर्खेतमा हेल्भेटास नेपाल र सुन्दर नेपाल संस्थाको साझेदारीमा सञ्चालित ‘हेलो धारा’ परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन निर्देशिकासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम सिम्ता गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको हो भने उपाध्यक्ष गोमा शर्मा (रेग्मी) प्रमुख आतिथ्यतामा सहभागी हुनुहुन्थ्यो। अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा परियोजनासँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।


कार्यक्रममा ‘हेलो धारा’ परियोजनाको उद्देश्य, कार्यान्वयन प्रक्रिया, जिम्मेवारी बाँडफाँड तथा परियोजनाबाट स्थानीय समुदायले प्राप्त गर्ने लाभबारे विस्तृत रूपमा जानकारी गराइएको थियो। परियोजनालाई प्रभावकारी, पारदर्शी र दिगो रूपमा कार्यान्वयन गर्न निर्देशिकाको पालना आवश्यक रहेकोमा जोड दिइयो।


गाउँपालिका अध्यक्ष चन्दले स्थानीय तह, विकास साझेदार संस्था र समुदायबीचको सहकार्यबाट मात्र योजनाहरू सफल हुने बताउँदै ‘हेलो धारा’ परियोजनाले सुरक्षित खानेपानी तथा सरसफाइमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। उपाध्यक्ष शर्मा (रेग्मी)ले परियोजनाबाट महिला, बालबालिका र विपन्न समुदायलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्दै सबै सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।


कार्यक्रममा सहभागीहरूले परियोजनाको सफल कार्यान्वयनका लागि नियमित अनुगमन, समन्वय र समुदायको अपनत्व आवश्यक रहेको सुझाव दिएका थिए। अभिमुखीकरण कार्यक्रमले ‘हेलो धारा’ परियोजना कार्यान्वयनमा साझा बुझाइ विकास गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकले बताएका छन्।

सिम्तामा ‘हेलो धारा’ परियोजना कार्यान्वयन निर्देशिकाबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds