घुयँत्राे:“महाधिवेशन कि पारिवारिक भोज? बा अध्यक्ष, छोराको लिस्ट तयार!”
दशाैँ महाधिवेशनका अध्यक्ष ओलिबा भाेलिबाट थप ५ बर्षका अध्यक्ष बन्दै छन । बालाई अध्यक्ष जिताउन करिबकरिब ७७ जिल्लाकै अध्यक्षहरुलेओलि विराेधिलाई जिल्लामै बढारेर आएका छन । त्यसैले याे पटककाे एमाले महाधिवेशनकाे भान्छाकाे भतेर विपक्षिहरले खान्नन भनेनि हुन्छ । आँफुभन्दा कैँयुँ हाेनहार र सिनियरलाई समेत पाखा लगाएर पाटिका लागि त्याे मान्छे कहिल्यै चाहिन्न झैँ गरि एमाले अध्यक्ष ले विपक्षि खेमालाई जसरि तहलगाए त्यसले भाेलि उनिहरु चुनाबमा उठदा त्यै बदलाकाे भावनाले ती पिडित मान्छेहरु जागेभने के गर्ने त्यसकाे जवाफ भने हालका लागि उनिहरुसित छैन । ओलि पंक्ति भनेकै जसरिहुन्छ सत्ता र संगठन हत्याउने भाेलि जेसुकै हाेस छु मतलब भनेर मुख अगाडिको भाग हेर्ने भएकाले उनिहरुलाई पाटि र भबिष्यकाे मतलब छैन । चुनाब मुखमा आउँदैछ भाेलिकाे चुनाबकाे टिकट नि तिनैले पाउने हुन । तर उनिहरुलाई त्याे मतलब छैन । आफ्नो खुट्टा काटेर ओलिलाई चढाउन पाए पुग्छ भन्ने मानसिकतामा बाँचेका यीनिहरुकाे राजनीतिले देश र जनतालाई कसरी बनाउने र पाटिमा एकता कायम राख्ने भन्ने चाईँ था छैन तर जसरि हुन्छ ,जिल्लामा दुष्मनि बढाएर हुन्छ कि के गरेर हुन्छ ओलिलाई जिताएरै विपक्षि गुठसित बदलालिन सकिन्छ र मुते न्यानाे गरिन्छ भन्ने हठले याे पटक धेरै जिल्लामा आपसि बैमनुष्यता बढेकाे देखिन्छ । सँगै खाए खेले र हुर्किएका र राजनीति गरेका साथिहरलाई छाेडेर झाेलेकाे पगरी गुथेर हिन्नेहरुजति सकिँदैनभन्ने कुरा तिनका ब्यवहारल्यै देखाई रहेकाेछ त्यसैले याे पटक प्रतिनिधि बनेर आउनेमा बा का विराेधि काेहि छैनन । त्यसकारण पनि सके भाेलि बेलुकै नभए रातिसम्म बा ५ बर्षका लागि अध्यक्ष बन्नेछन । बा अध्यक्ष बनेकाे लगतै विपक्षि खेमाबाट उमेदवार बनेकाहरुलाई हटाउन बाकाे कान्छाे छाेराे महेश बस्नेतले बाकाे अगाडि लिष्ट पेश गरेछि एमालेभित्रनि भाँडभैलाे शुरु हुनेछ । ओफिलाई अध्यक्ष जित्न कुनै मुस्किल थिएन र छैन । किनभने उनले हिजाे विधान बनाउँदानै ७० बर्षमाथिकाे हदबन्दी हटाउँदानै आफ्ना नेता कार्यकर्ताकाे पाईन छामी सकेका थिए । एघाराै महाधिवेशनमा अध्यक्ष बाहेक अरुका कुनै प्रस्ताबनै नपढिने र अध्यक्षकाे निर्णय उपर कसैले प्रश्न उठाउन नपाईने भन्दन देखिनै उनकाे समर्थनमा हात उठाएका कार्यकर्ताले ओलिलाई चुनाब नजिताउने भन्ने कुरै भएन । त्यसैले पनि ऐले ओलि अध्यक्ष हुन्छु भन्नेमा ढुक्कछन तर उनले महेश बस्नेतलाई छाडा छाेडेकाछन यसले उनलाई भविष्यमा घाटा लाग्ननि सक्छ । त्यसैले जतिसक्याे छिटाे त्याे बस्नेतलाई सिमामा बाँध्न जरुरीछ । ओलिकाे चाहना महाधिवेशन अघि संसदपुनस्थापनाकाे निर्णय नआओस भन्ने थियाे त्याे उनका न्यायाधीशहरुले गराई दिएकैछन । अनि अर्काेतिर संसद पुनस्थापना नभए चुनाब अघिसम्म याे सरकारलाई थर्काएर पनि आँफुलाई गिरफ्तार गर्न नदिने र त्यसपछि चुनाबमा भाग लिएर कुनैपनि हालतमा चुनाब जित्ने दाउमा देखिएका उनलाई अरु पाटिकाे हर्कत र व्यवहार हेर्दानि चुनाबमा बहुमत ओलिलेनै ल्याउने देखिन्छन् । यदि ओलिले चाहेजस्ताे र भनेजस्ताे भयाे भने उनले अरु २० बर्ष सत्तामाराज गर्न विशुद्ध आँफुले भनेकाे मान्ने कार्यकर्तालाई अबसर दिनेछन भने उनकाे निरंकुशतामा देशलाई २० बर्ष आफ्नो पाेल्टामा हाल्ने चाहना ८२ काे चुनाब र महाधिवेशनले पूरा गरि दिनेछ । देश बनाेस ,याैटा निरंकुश कमिनिष्ट नेताकाे उदयबाट बनेनि कमसेकम देश बनाेस ।
[13/12, 3:40 pm] Deepak Budha Sir: घुयँत्राे
हैन ! राष्ट्रिय स्वतन्त्र पाटिले त सुर्खेतका रावनीतिक दलका कार्यकर्ता जति त लिँड्कै लाएर लैजान्छकि क्याहाे । शुक्रबार मात्रै सुर्खेत पुग्या घण्टीका ४ नेताले त बेस्सरी घण्टी बजाय भन्छन त गाँठे । यस्तै हाे त नि ” जब्ब्बि भगवान देताहै छप्पर फाँड्के देताहै ” भन्या यै त हाेला । उता काँग्रेस एमालेले भष्टाचार गरेर देश डुबाए भनेर रुष्ट भाका जनता कुनचाहिँ एमाले काँग्रेस ले भष्टाचार गरे था छैन तर सहकारीकाे करोडौं पैशा ठग्या भनेर जेलमा थुनामा र` का नेता रवि लामिछानेका पछि मनन्छे उर्लेर लाग्याछन खासमा के रैछ कुराे । हुनत नेपालिकाे दिमागै उल्टाे कराई जस्ताेछ । त्यसाेत सँधैभरि काँग्रेस र एमालेलाई भाेटहालेर वाक्क दिक्क भै सक्दानि आँफुले भाेटहाल्या पाटिले जनताले भन्या नमान्ने , सडक हेर्याे सडकाँ भष्टाचार,अस्पताल गाे अस्पतालाँ र ओखतियाँ भष्टाचार, मालमा गाे जग्गा पास गर्दै भष्टाचार नापियाँ गाे नक्सा बनाउँदै भष्टाचार , ठुलठुला याेजना हेर्याे ती याेजना नकनेर असरल्ल देखिन्छन , किन भन्दा उई भष्टाचार, उद्योग धन्दा हेर्याे सबै बेचेर स्वाहा , राेजगारी हेर्याे सुदुरसम्म कैल्यै राेजगार बन्ने अबस्था छैन अनि जताततै यस्तो अबस्था देख्दा आँफुले भाेटहाल्या नेतालाई भन्याे उ वास्तै गर्दैन बरु उल्टै नातावाद र परिवारवादमा चुर्लुम्म डुब्याछ । ४० बर्षदेखि याैटै पाटिमा भाेट हाल्याछ भाेट हाल्या मान्छेले चुनाब पनि जित्याछन तर उ २/४ जनाकाे घेरा भित्र बस्याछ भाेटरलाई टेरपुच्छरै लाउँदैन त जनतालेनि कति त्यै भष्टाचारी पाटिलाई राेजुन तनि त्यै भएर हाेला याे चाेटि काँग्रेसका भाेटर जति त घण्टीयाँ लस्कर लाएर दाैड्याछन गाँठे । झन याे जेनजी आन्दोलन भएदेखि त काँग्रेसकाे सातै गाछ बिचराहरु आन्दोलन सक्या ३ मैना भै सक्दानि केही बाेल्नै सक्या छैन । यै माैका फायदा उठाएर घण्टीवालाहरु जिल्लाजिल्लाँ दाैडिन थालेछि काँग्रेस ीहरु पाटि छाैडदै राताे टीका लाउन लाईनाँ अघिअघि घुस्रिँदै गर्याछन । यै माैकाकाे फाईदा उठाउन आका स्वर्णिम, र डिपिले शुक्रबार मात्रै सुर्खेताँ काँग्रेसका पुराना पाटि सभापति र १ नं क्षेत्रका प्रदेश सभाकाे सदस्याँ चुनाब हार्या सिम्ताका टेक बहादुर सिंह सहित काँग्रेसीहरकाे ठूलै बिटाे भारी बनाएर लगेरे भन्ने हल्ला सुनिदै छ कुराे के हाे तिनिहरलाईनै था हाेला हाम्ले त सम्चाराट था पा । बिचरालाई पाटिकाे सक्रिय सदस्यतै नविकरण नगर्देछि घण्टीकाे शरणाँ पुग्या भन्दापाे अचम्म लायाे त यार । काँग्रेस भित्रकाे गुठ भन्ने चिज बडाे अचम्मकाे छ यार ! हुन पनि सुर्खेताँ याैटा गुठले पाटि कव्जा गरेछि २५ बर्षसम्म अरु कसैकाे तागत चलेन । पाटिका गतिविधि सिर्फ ४ जना जेनजीका हाताँ गाे । पाटिका गतिविधि भए तिनै४, कइँ मान्छे मरे तिनै ४, भाेजभतेर तिर जान पर्याे तिनै ४, राजधानीयाट नेता आउँछन लिनलाई तिनै ४,कतै पाटिकाे प्रतिनिधित्व गरेर जान पर्याे तिनै ४,गाउँतिर कार्यक्रम गर तिनै ४, यानेकि २५ बर्षकाे अबधियाँ जनताले काँग्रेस भनेछि तिनै ४ देखि बाहेक अरुकाे फाेटाे देख्नै पाएनन । चाैका दाउले २५ बर्षसम्म मारेकाे खेल हेर्दाहेर्दा दिक्क भाकालजनता अब लाखा पाखा लाग्न थाप्या बुझियाे । हिजाेसम्म जनताले भन्या नटेर्ने नेताहरुले अब जनतालाई के भनेर राेक्लान र त्यसै त झिनाे बहुमताँ एमालेलाई जित्ने काँग्रेसले कार्यकर्ताजति अन्त फालहालेछि अब जित्न मुस्किलै देखिन्छ । सुर्खेताँ जति घण्टी माैलायाे त्यति एमाले उक्लिने हाे तर घण्टी याँ मान्छे गए भन्दैमा जगै नबस्या भख्खर उम्रिदै गर्या पाटिले चुनाब जित्छ भन्ने ग्यारेन्टी चाईँ नगरम् किन भने याे चुनाब भन्या वडाकाे चुनाब हैन । मान्छेलाई आश जगाउनलाई चाईँ याे पाटिका लागि ऐले सुनाैलाे अबसरछ । के था भाेलि रबिमाथि कैद ठेकियर अपराधि प्रमाणित भए भने अरुलेनि त त्याे पाटिविरुध्द बिष बमन गर्न्यैहाेलान । हामी त रमिते जस्ले जस्तो चटक देखाउँछन चुपचाप हेर्दै जाने त हाे ।




