चार वर्षपछि ‘कभर्ड हल’ निर्माण थालियो

कैलाली, २४ मङ्सिर ।
शिलान्यास भएको चार वर्षपछि टीकापुर नगरपालिकामा ‘इन्डोर गेम्स’ सञ्चालन गर्न कभर्ड हल निर्माण प्रारम्भ भएको छ । स्थानीय वीरेन्द्र विद्या मन्दिरको खेल मैदानमा रु दुई करोड ६४ लाख ५० हजारको लागतमा कभर्ड हल निर्माण प्रारम्भ भएको हो ।
एक हजार दर्शक क्षमताको ६६ मिटर लामो, ३१ मिटर चौडा र ९.७५ मिटर अग्लो बहुद्देश्यीय कभर्ड हल नगरपालिकाका इन्जीनीयर राजेन्द्र रावलले बताए । आगामी भदौभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम निर्माण जारी छ । निर्माण पूरा भएपछि हल व्यवस्थापनको जिम्मेवारी विद्यालयलाई दिइने इन्जीनीयर राजेन्द्र दिए ।






