“जुम्लामा स्वयंसेविकालाई सम्मान”

गाेल्डेन बुढा

जुम्ला,१९ मंसिर ।
स्वास्थ्य प्रणालीको आधारस्तम्भ मानिने महिला स्वास्थ्य स्वयंसेविकाको योगदान सम्झिँदै आज जुम्लामा ‘राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस’ विविध कार्यक्रमसहित मनाइयो। ‘स्वस्थ समाजको निर्माण, महिला स्वास्थ्य स्वयंसेविकाको योगदान’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा स्थानीय प्रशासन, स्वास्थ्य विशेषज्ञ र स्वयंसेविकाहरूले उनीहरूको भूमिका अपरिहार्य भएको बताए।चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्र बहादुर महतले भने, “निरन्तर सेवा र समर्पणका कारण नेपालले अन्तर्राष्ट्रिय स्तरमै स्वयंसेविका सेवा–प्रणालीको मान्यता प्राप्त गरेको छ।

आगामी दिनमा पनि यही आत्मबल र निष्ठाका साथ सेवा जारी राख्न आवश्यक छ।”कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविका राधिका भण्डारीले साझा अनुभव सुनाउँदै भनिन्, “हामी समुदायमा निस्वार्थ भावनासहित सेवा पुर्‍याउँदै आएका छौँ, तर अझै धेरै काम बाँकी छ।”यस्तै राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय जुम्लाकी प्रमुख कल्पना नेपाल (आचार्य)ले भनिन्, “गर्भवती महिला, प्रसूति र जटिल अवस्थाका बिरामीलाई सुरक्षित राख्न स्वयंसेविकाको भूमिका अपरिहार्य छ। उनीहरू ‘गाउँको कुनामा बल्ने दियो’ जस्ता हुनुहुन्छ, जसले मातृ मृत्युदर घटाउन निर्णायक भूमिका खेल्छन्।”चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर बुढाथापाले स्वास्थ्य र सरसफाइ आपसमा प्रत्यक्ष रूपमा सम्बन्धित रहेको उल्लेख गर्दै नगर क्षेत्रमा व्यवस्थित फोहर व्यवस्थापनको आवश्यकता औंल्याए। उनले भने, “स्वयंसेविकालाई स्वास्थ्य सेवा व्यवस्थाको तल्लो तहको आधारस्तम्भको रूपमा लिने हो भने उनीहरूको योगदान सदैव अमूल्य छ।”नगरपालिका कार्यबाहक मेयर रबि थापाले गर्भवती महिला र बालबालिकाको स्वास्थ्य सुरक्षामा स्वयंसेविकाको योगदान अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै, “उनीहरूको दक्षता र समर्पण आगामी दिनमा अझ प्रभावकारी बन्नेछ” भन्ने शुभकामना व्यक्त गरे।कार्यक्रमको अन्त्यमा चन्दननाथ नगरपालिकाका १० वडाबाट १० महिला स्वास्थ्य स्वयंसेविकालाई पछाेैँरा र सम्मान-पत्र प्रदान गरियो।

महिला स्वास्थ्य स्वयंसेविकाहरूले परिवार नियोजन परामर्श, अस्थायी साधन वितरण, झाडापखाला तथा श्वासप्रश्वाससम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन र स्वास्थ्य शिक्षा जस्ता महत्वपूर्ण सेवा समुदायमा निरन्तर प्रदान गर्दै आएका छन्।जुम्लामा ५ सय ५२ महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् भने ७३ भन्दा बढी स्वास्थ्य संस्थाहरू सञ्चालनमा छन्, जनस्वास्थ्य कार्यालय जुम्लाका सूचना अधिकारी प्रेमबहादुर सोमाईले जानकारी दिए।राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस हरेक वर्ष अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा डिसेम्बर ५ मा देशभर विविध कार्यक्रमसहित मनाइन्छ।

“जुम्लामा स्वयंसेविकालाई सम्मान”

जुम्लामा ९ कैदी अझै फरार

“जुम्लामा स्वयंसेविकालाई सम्मान”

सुरु भए भूकम्प पीडितका कष्टकर रात

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds