२०८२ माघ ११ गते
×

Now Playing

सन् २०२७ सम्ममा रूसी ग्यासमा प्रतिबन्ध लगाउने युरोपियन युनियनको तयारी

ब्रसेल्स(बेल्जिएम), १८ मङ्सिर

(रासस/एएफपी) । 

युरोपेली युनियनका सांसद तथा सदस्य राष्ट्रहरूले सन् २०२७ सम्ममा युरोपेली युनियनमा रूसी ग्यासको आयातमा प्रतिबन्ध लगाउने सम्झौतामा सहमति जनाएका छन् । यो सम्झौताले सदस्य राष्ट्रहरू र युरोपेली संसद बिचको सयुक्त प्रयासलाइ सफल बनाएको छ जसले प्रतिबन्ध चाँडै लगाउन चाहान्थ्यो ।

युरोपेली परिषद्को अध्यक्षता र युरोपेली संसदका प्रतिनिधिहरूले रूसी प्राकृतिक ग्यासको आयातलाई चरणबद्ध रूपमा हटाउन सम्झौतामा पुगेको युरोपेली परिषद्ले एक विज्ञप्ति मार्फत जनाएको छ । यस सम्झौताकोे उद्देश्य “युरोपेली ऊर्जा बजारमा महत्वपूर्ण प्रभाव पार्ने ग्यास आपूर्तिको रूस शस्त्रीकरणपछि रूसी ऊर्जामा निर्भरता अन्त्य गर्नु भएको विज्ञप्तमा उल्लेख छ ।

दीर्घकालीन सम्झौतामा प्रतिबन्ध सन् २०२७ नोभेम्बर–१ देखि पाइपलाइनद्वारा ल्याएको  ग्यासका र सन् २०२७ जनवरी–१, देखि तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को लागि लागू हुने जनाइएको छ । छोटो अवधिका लागि सन् २०२६ अप्रिल–२५ देखि एलएनजी र सन् २०२६ जुन–१७ देखि पाइपलाइन ग्यासमा प्रतिबन्ध लगाइएको छ ।

सन् २०२७ सम्ममा रूसी ग्यासमा प्रतिबन्ध लगाउने युरोपियन युनियनको तयारी

स्वास्थ्य शिविरबाट दुई सय ७२ जना लाभान्वित

सन् २०२७ सम्ममा रूसी ग्यासमा प्रतिबन्ध लगाउने युरोपियन युनियनको तयारी

करिव १५ लाख अफगानहरू गम्भीर अशक्तताका साथ

Leave a comment

Your email address will not be published. Required fields are marked *