चितुवाको आक्रमणमा एक महिलाको मृत्यु

बर्दिया, १३मंसिर ।

बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–११ बेलभारकी ५९ वर्षीया गोपी थारूको काला बेलभार सामुदायिक वनमा घाँस काट्ने क्रममा चितुवाको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

शुक्रबार बिहान घाँस काट्न जंगल पसेकी थारूमाथि अचानक चितुवाले आक्रमण गरेको थियो । आक्रमण भएपछि सँगै गएका महिलाहरू ज्यान जोगाउँदै भागेका थिए । पछि स्थानीयवासी र वनका कर्मचारीले खोजी गर्दा थारूको शव जंगलमै फेला परेको वरिष्ठ वन अधिकृत शिव बहादुर केसीले जानकारी दिए ।

घटनामा सँगै घाँस काट्न गएका इन्दिरा दहित र मनिषा दहित घाइते भएका छन् । उनीहरूको बारबर्दिया नगर अस्पतालमा उपचारपछि छुट्टी दिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए ।

चितुवा नियन्त्रणमा लिनका लागि पासो र सुरक्षित उपकरणसहित प्रहरी तथा वन प्राविधिकको संयुक्त टोली घटना स्थलतर्फ पठाइएको वन कार्यालयले जनाएको छ । घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ ।

चितुवाको आक्रमणमा एक महिलाको मृत्यु

बेतबाँसका सामग्री बेचेर मासिक ७० हजार आम्दानी

चितुवाको आक्रमणमा एक महिलाको मृत्यु

नेपाल र बङ्गलादेशबीच विस्तार हुँदै ऊर्जा सहकार्य

Leave a comment

Your email address will not be published. Required fields are marked *