घुयँत्राे:”ओलीले सडक ताने, देउबाले अदालत छाने—राजनीतिमा ‘डबल–एक्सन’”

जेनजी आन्दोलनकाे महत्त्व र मुल्य मान्यता सिध्याउन नेपालका २ ठूला दलहरु काँग्रेस , एमाले खुलेर लागेकाछन । केही दिन अघिसम्म आन्दोलन नै गैर सम्बैधानिक भनेर अदालतबाट आन्दोलनलाई अबैध गरार गरेर सदन पुन स्थापना र आफ्नो प्रधानमन्त्रीकाे पदवहालिमा लागेका ओलिसँगै देउबा मिसिएर सिंगापुर बाटै आफ्ना झाेलेहरुलाई संसद पुनरस्थापनाकाे मुद्दा लिएर अदालत जान निर्देशन गरेछि देउबाका बफादार …… हरु गएकाे आईतबारदेखिनै हस्ताक्षर संकलन गरेर अदालतमा मुद्दा दर्ता गर्ने तयारीमा जुटेका छन ।
जेनजीकाे आन्दोलनकाे प्राथमिकता भनेकाे यी दुईदलका बुढा नेताहरुलाई पाखालाउने र भष्टाचारीलाई कार्वाही गर्ने हाे । तर यी दुबैदलले अगुवा नेतालाई पदासिन बनाई राखेकाे र जेनजी आन्दोलन विपरित हिँडिरहेकाेले देश अब झन अस्थिरतामा जाने देखिँदै छ । एकातिर ओलिले जेनजी आन्दाेलनका विरुध्द देशभरबाट कार्यकर्ता उतारेर राजधानी कब्जा गर्ने याेजना बनाउने अनि अर्कोतिरबाट देउबाले तत्कालीन सांसदलाई उतारेर संसद पुन स्थापनाका लागि अदालत जाने तयारी भएपछि त्यसकाे प्रतिकारमा जेनजी उठेभने देश के हाेला। जेनजिकाे सहमतिमा बनेकाे सरकारले पुलिसकाे सहयाेगकाे अभनबमा भष्टाचारी, चाेर , लुटेरा र ज्यानमाराहरुलाई कार्वाहि गर्न नसके पछि भित्रभित्रै अदालति प्राेसेसबाट सदन र सरकार पुन स्थापना गर्ने दाउमा लागेका ओलिले सरकार र उसले बनाएकाे आयाेगलाई नमान्ने भनेर सरकारसित कुस्ती खेलेपछि उनकै मतियारका रुपमा रहेका पुलिसका प्रमुखले सरकारलाई असफल बनाउन गरेकाे पर्यत्न सफल भएकाे देखेरनै दुबै दलका नेताहरु आँफुले हिजाेका दिनमा नियुक्त गरेका न्यायाधीशहरुले कसरी धर्म हार्लान र हाम्राे बिरुध्द जालान भनेर नै अन्तत अदात जाने निर्णय गरेकाछन ।
यदि जेनजी आन्दोलनलाई पिरणाम मुखि बनाउने र देशमा रहेकाे सम्पूर्ण बेथितिकाे अन्त्य गर्ने हाे भने निवृत भएर जान लागेकाे पुलिसकाे ठाउँमा एकदम राम्रो र सरकारलाई सहयाेग गर्ने मान्छे ल्याउनु पर्छ । ह याे २ मैनादेखि देखिएकाे राजनितीक नैरास्यता चिर्ने आैषधि स्वयं प्रधानमन्त्री सितैछ । तर उहाँले त्याे अबसरलाई आफ्नाे सफलतनका लागि प्रयाेग गर्न सक्नु हुन्छ हुन्न त्याे उहाँकाे खुबिकाे कुराहाे । ऐलेकाे प्रहरी प्रमुख चन्द्रकुबेर त आउने विहिबार देखिनै अफिसबाट बाहिरिन्छन । उनी जानुभन्दा अघि २/३ दिनकाे वीचमा प्रधानमन्त्रीले गतिलाे र काम गर्न सक्ने मान्छेलाई प्रहरी प्रमुख बनाएर ल्याईन र आउने मान्छेले पनि आफ्नो जिम्मेवारी सम्झेर भष्टाचारीहरुलाई भक्काभक् जेल चलान गर्न सक्याेभने भष्टाचारीकाे मात्रै साताे वाने हैनकि राजनीतिक झाेलेहरुका पनि ओठमुख सुक्छन र जे पायाे त्यहि गर्न पाउँदैनन । अन्यथा काँगेस एमालेले अदालतकै मनध्यमबाट जेनजी आन्दोलन तुहाई दिनेछन र जेनजीहरु हेरेका हेर्यै हुनेछन । जेनजीहरुले आफ्नाे आन्दोलन तुहिन नदिने हाेभने अब ठूला दलसित लडने हिम्मत गर्नु पर्छ र भष्टाचारीहरुलाई कार्वाहि गर्न सरकारलाई बाध्य बनाउनु पर्छ हैन भने देशभर क्षति भएकाे त्यत्राे धन जनकाे जिम्वार इतिहासले जेनजीलाईनै बनाउनेछ र देश अँझै २ सय बर्ष पछाडि धकलिनेछ । चेतना भया ।






