क्वालालम्पुरमा सम्पन्न ग्लोबल अबाकस तथा वैदिक गणित–२०२६ : एन्जल्स पैराडाइजका कक्षा ५ का विद्यार्थी अनमेश ढकाल दोस्रो स्थानमा

बाँके ,१६ फाल्गुन ।
ग्लोबल अबाकस तथा वैदिक गणित–२०२६ अन्तर्राष्ट्रिय प्रतियोगिता क्वालालम्पुर, मलेसियामा भव्य रूपमा सम्पन्न भएको छ। उक्त अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा भारत, नेपाल, मलेसिया लगायत विभिन्न देशका प्रतिभाशाली विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा अबाकस तथा वैदिक गणित शिक्षाको विश्वव्यापी बढ्दो महत्व झल्किएको आयोजकहरूले बताएका छन्।


कार्यक्रमको संयुक्त आयोजना साउथ एशियन डेभलपमेन्ट बैंक लिमिटेड (युके), रे फाउन्डेसन (भारत), प्यासिफिक एलायन्स ग्रुप (मलेसिया), बाल विकास एनसीएमएएस प्रा.लि. (नेपाल), रेज अबाकस (भारत) तथा गुरुश्री अबाकस एन्ड वैदिक म्याथ्स (भारत) ले गरेका थिए। कार्यक्रममा भ्वाइस अफ एशिया इन्टरनेशनल न्यूजले आधिकारिक मिडिया सपोर्ट प्रदान गरेको थियो।

कार्यक्रमको अध्यक्षता साउथ एशियन डेभलपमेन्ट बैंकका अध्यक्ष डा. जरीफ मेननले गरेका थिए भने प्रमुख अतिथिका रूपमा मलेसिया बिजनेस चेम्बर भियतनामका पूर्व अध्यक्ष दातुक डा. एम. शिमी उपस्थित थिए। विशेष अतिथिहरूमा भ्वाइस एशिया न्यूजका प्रधान सम्पादक कौशल कुमार, एएमएसका एमडी/सीईओ अज्जा रहमान, पिएआईसीका एमडी/सीईओ लेस्ली चार्ल्स अल्बुकर्क, बाल विकास एनसीएमएएस प्रा.लि.का संस्थापक/सीईओ तेजु नेपाल, सनसाइन एजुकेशनल ग्रुप (एम) का संस्थापक तथा प्रबन्ध निर्देशक डा. आर.भी. श्याम प्रसाद, रेज अबाकसका सीईओ अमोल गाउनर तथा गुरुश्री एजुकेशन एकेडेमीका संस्थापक अविनाश भिसे सहभागी थिए।

अध्यक्ष डा. मेननले विद्यार्थीहरूको अद्भुत गति, उच्च एकाग्रता तथा जटिल गणितीय प्रश्न समाधान गर्ने क्षमताको प्रशंसा गर्दै उनीहरूले क्याल्कुलेटर र डिजिटल उपकरणलाई समेत पछि पार्ने प्रदर्शन गरेको बताए। उनले अबाकस शिक्षाले गणितीय क्षमता मात्र नभई स्मरणशक्ति, अनुशासन र आत्मविश्वाससमेत अभिवृद्धि गर्ने उल्लेख गरे। आगामी दिनमा थप देशहरूको सहभागितासहित यस्ता अन्तर्राष्ट्रिय प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।
प्रतियोगिता विभिन्न तह र विधामा सञ्चालन गरिएको थियो, जसमा गति, शुद्धता, एकाग्रता तथा विश्लेषणात्मक क्षमताको आधारमा मूल्याङ्कन गरिएको थियो। अन्तर्राष्ट्रिय स्तरका अबाकस तथा वैदिक गणित पद्धतिअनुसार विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।
उक्त प्रतियोगितामा एन्जल्स  पैराडाइज विद्यालयका कक्षा ५ मा अध्ययनरत विद्यार्थी अनमेश चन्द्र ढकालले एक्स–२ समूहबाट दोस्रो स्थान हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेका छन्। उनको यो उपलब्धिले विद्यालय मात्र नभई कोहलपुर र समग्र नेपालको शैक्षिक प्रतिष्ठालाई अन्तर्राष्ट्रिय मञ्चमा उचाइ दिएको छ।


कार्यक्रमको सफल सम्पन्नतासँगै अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य थप सुदृढ भएको आयोजकहरूले जनाएका छन्। साथै, अबाकस तथा वैदिक गणित शिक्षाले बालबालिकाको संज्ञानात्मक विकास, तार्किक सोच तथा विश्लेषणात्मक क्षमतामा महत्वपूर्ण योगदान पुर्‍याउँदै विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार हुँदै गएको उल्लेख गरिएको छ।

क्वालालम्पुरमा सम्पन्न ग्लोबल अबाकस तथा वैदिक गणित–२०२६ : एन्जल्स पैराडाइजका कक्षा ५ का विद्यार्थी अनमेश ढकाल दोस्रो स्थानमा

जुम्लामा दलित चेतना: भोट होइन, नीति निर्माणमा

क्वालालम्पुरमा सम्पन्न ग्लोबल अबाकस तथा वैदिक गणित–२०२६ : एन्जल्स पैराडाइजका कक्षा ५ का विद्यार्थी अनमेश ढकाल दोस्रो स्थानमा

पत्रकार महासंघ लुम्बिनीको अपिल : पक्षधरता नदेखाउन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds