राष्ट्रियसभा निर्वाचन : कर्णालीमा अहिलेसम्म १६८ जनाले गरे मतदान
युग संवाददाता
January 25, 2026 / २०८२ माघ ११ गते
0
सुर्खेत ,११ माघ।
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा बिहान ११ बजेसम्म १६८ जनाले मतदान गरेका छन् । जसअन्तर्गत प्रदेशमा प्रदेशसभातर्फ ३८ जनाले मतदान गरेका छन् । मतदान गर्नेहरूमा महिला १३ र पुरुष २५ जनाले मतदान गरेका छन् ।
त्यस्तै स्थानीय तहतर्फ १३० जनाले मतदान गरेका छन् । त्यसमा महिला ४९ र पुरुष ८१ छन् ।