घुयँत्राे:“बालेन गए, टायल उडे, कार्यकर्ता दौडे : महानगर अब ‘एमाले मल्टिपर्पस बैंक’!”

आजाट (४ माघ) कान्तिपुर महानगरका मेयर बालेन शाह राजिनामा दिएर चुनाब लडन हिँडे । उनले याे अबधिमा काठमाडौं बनाउन जति प्रयास गरे त्याे कतिलाई मन पर्याे कतिलाई मन परेन त्याे आफ्नो ठाउँमा छ ।तर देश जनता र नगरका लागि बालेनले जति गरे सम्भब त अब त्यति कसैले गर्न सक्ने छैन । बालेनले जस्तै स्वतन्त्र ब्यक्तिले अब मेयर जित्न सक्ने पनि छैनन । दलका लाेभिपापिहरुले सके आँफै कमाउने नभए कार्यकर्ताले कमाउने निहुमा फेरि प्लानिङलाई कुरुप बनाउने छन भने आउने २ बर्षकाे अबधिमा एमालेले महानगरमा पूरै कब्जा जमाएर बजेट र त्यसकाे भष्टाचारकाे त कुरै नगरम फुटपाथमा विछ्याउनका लागि ऐले सडकमा राखिएका टाएलहरुलाई समेत एमालेका कार्यकर्ताले घर घर पुर्याउनेछन र सुकुम्बासीलाई जग्गादिने र भाेट लिने निहुमा सम्पूर्ण अस्त्रहरु प्रयाेग गरेर राजधानीका सुकुम्बासीका नाममा सडकछेउ नदीनाला सार्वजनिक पाटि पाैवाका कुनै जग्गा बाँकि रहने छैन । सुकुम्बासीलाई आफ्नो दास सम्झिने र यिनैले भाेट दिएर चुनाब जितिन्छ भन्ने छाप बाेकेर बसेका देशैभरका एमालेका कारण देश अँझै कती तनाबमा गुज्रिनेहाे भन्न सक्ने स्थिति छैन । बालेनले राजिनामा दिने बित्तिकै महानगर आफ्नो कब्जामा आएकाे समाचार सामाजिक सन्जालाँ हालेर देशैभरका कार्यकर्तालाई जानकारी दिएका एमालेहरुकाे तडकभडकतालाई हेर्दानै हिजाे केन्द्र सरकारमा वलिले जसरि भष्टाचार फैलाएर देशलाई १ नम्बरी भष्टाचारी मुलुकमा नाम दर्ज गराए त्यसै गरि २ बर्षकाे अबधिमा एमालेहरुले महानगरलाई सबैभन्दा भ्रष्ट र लथालिङ्गकाे अबस्थामा पुर्याएर सुनिता डङ्गाेलकाे राजनीति नै तहसनहस पारि दिननि सक्छन । पुराना दलमा काँग्रेस चुनाब नलडदै सिध्दियाे एमालेलाई चुनाबमा सिध्याउने भनेर नयाँ दलहरु लाग्या छन । त्यै भएरनै बालेन ओलिकै निर्वाचन क्षेत्र झापा५ मा गएर चुनाब लडेर पुराना दललाई निमिट्यान्न पार्दै भष्टाचार र नेता दुबैकाे अन्त्य एकै पटक गर्ने भनेर लाग्याछन ।त्यै भएर पनि नयाँ दलले वलिलाई हराउन सके भने एमाले कार्यकर्ताकाे पैशाकाे मुहान यै महानगर हुनेछ ।
चुनाब जितेदेखिनै ठेक्का पट्टा गर्ने र पैशा कमाउने सपना देखेका एमालेका वडाअध्यक्षहरु हिजाेका दिनमा पैशा कमाउन नपाएर छ त्यसैपनि बालेनसित रुष्ठ थिए अब बालेन गएछि सबैभन्दा पहिलाे याेजना तिनै एमाले वडाध्यक्षहरुकाे बन्ने हाेला र ५ बर्षमा यति कमाम्ला भनेर बनाएकाे प्लान अब २ वर्षमै पूरा गर्नु पर्ने भएछि उनिहरुनि अब मरिमेटेर लाग्ने देखिन्छ । महानगरका अध्यक्ष र दलालहरुका अबका २ वर्षका दिन सुनाैला रहनेछन । किनभने भष्टाचार गर्न नदिने मान्छे अब फर्केर महानगरमा आउने छैन । फलत अबका २ बर्ष महानगर तहसनहस बनाउने नै ओलि बा काे अन्तर चाहना पनि बालेन गएछि पूरा हुने निश्चित छ । त्यसैले अरुले जति रिस गरेनि बा काे भाग्य लुटन कसैले सक्ने वाला छैन । जेनजीहरुका वीचपनि खराे उत्रि सकेका बा काे सूर्यमा ग्रहण लगाउन अब जाे पायाे त्यैले आँट गर्दा बडाे साेच विचार गर्नु पर्ने देखिन्छ ।






