घुयँत्राे:“समर्थन काँग्रेसको, भाषण आगो एमालेको — मुख्यमन्त्रीको ‘डबल रोल’ राजनीति”

कर्नालिका मुख्यमन्त्री त काँग्रेसशीत आगाे भाकाे जस्ताे बुझियाे त हँ ! त्याे प्रदेशाँ त फेरि काँग्रेसल्यै समर्थन गरेर एमालेका यामलालजी मुख्यमन्त्री भा हैनन र? आँफुलाई सत्ताँ टिकाईदिने पाटिसितनि पूरा फायरभाकाे भाषणाँ सुनिन्छत ! एक त त्यसै पनि मुख्यमन्त्री जस्तो मान्छेले रिसै फेर्नालागि भएनि चुनाबि सभा,छलफल वा भेटघाटाँ त्यस्ताे नभन्याभा नि हुन्थ्याे । तर बिचरा मुख्यमन्त्री जीलाई याे काँग्रेस विरुद्ध मनभरिकाे बह साथी भाईका अगाडि कैले भनम्ला भन्ने भा रैछकि क्या त्याे दपन माैका पारेर भन्नसम्म भने एमाले कार्यकरताले नि खुब मन लाएर सुने त्यै माैकाँ कुचाइँले मेराे नेता भाषण सारा जनतालाई सुनाउँछु र भाेटजति सब्बै एमाल्याँ हाल्ने बनाउँछु भनेर सामाजिक सञ्जालाँ हाल्दा हाम्ले नि हेर्ने माैका पाईम ।
भाेटसाेट त्यस्तै हाे हाम्रा लागि त त्याे भाषणले एकछिनका लागि मनाेरञ्जनै द्याे टाईम पासपनि भयाे तर यसाे साेचेँ अब यामलालजी मुख्यमन्त्रीयाछ नि अघायछनकि जस्ताे लायाे । हैनभने दिनभरि तिनै काँग्रेसी मन्त्रीशीत मिलेर काम गर्नु पर्ने तिनै काँग्रेसका साँसदले “हैट” भनेर आएभने खुरुक्क पद छाेडेर हिँडनु पर्ने अबस्थाँनि तिनै काँग्रेसीहरलाई तथानाम गालि गरेर युवाभेलाँ चुनाब प्रचार गरेर के सिकाउन खाेज्या हुन कुन्नि मुख्यमन्त्रीज्युकाे अबस्थाकाे भेउ पाउन सकिएन । भाषणकाृ छाँटकाँट हेर्दा त ज्वानाै मैले त यामलालजी कुलमणिलाई चुनाउ हराउन लाग्या जस्तापाे बुझेँ त गाँठे । चुनाब जिताउन लाग्या हुन भनेत आफ्ना पाटिका राम्रा कुरा गर्ने भाेलि चुनाब जितेछि के के गर्ने हाे तिनी कुरा गर्ने जनताका समस्या के छन तिनकाे समाधानका उपाएमा छलफल गर्ने र जतिसक्दाे मन जित्ने भाषण गरेर चुनाउ जित्ने वातावरण गराउने हैन र ? कि त एमाले समर्थक जनता जति अरुपाटिकालाई गालि गर्याे त्यति खुसि भएर एमाल्याँ भाेट हाल्छन र ? अब प्रबृत्ति बदलाैँ न हाे कति अर्कैलाई गालि गरेर राजनीति गर्ने हाे अब त यस्तरी राजनीति फस्टाउँदैन त ! समयले धेरै फेराे मारीसक्याे अब नयाँ साेचले जाउँ भन्नेहरुलेनै गराकाे चुनाबहाे याे हामी त्यहि चुनाब लडदैछाैँ भने हाम्राे हिजाेकाे आनिबानि ब्यहाेर र चरित्रमा सुधार हुनु पर्छ र जनताले पनि सुध्रिएकाे आभाष पाउनु पर्छ । ओलिकाे जस्तै हठि बानिले जेनजीका नाममा देशैभर डढेलाे सल्कियाे र त्याे जेनजीले सल्काएकाे शल्काएकाे आगाेकाे रापले पालिएकाहरुकाे मन अँझै शान्त भएकाे छैन र आफ्नै आँखा अगाडि सबै चिज डढेर खरानी भएकाे घटना अँझै पिडितले बिर्सेका छैनन् । तर कर्नालिका मुख्यमन्त्री अँझै पनि ती घटनाबाट परिवर्तन नभएर गालिगलाैजकै राजनीतिमा संलग्न हुने हाे भनेत सर्वसाधारण नागरिकले उनिबाट के आश गर्ने ।हुनत हामी नागरिकले यामलालजीका कुरा सुनिम गठबन्धनका दल आपसाँ मिलेर खा छन गठबन्धन रहुन्जेलत यसरी भुँडिनै फुटने गरि त काँग्रेसीहरलाए नभन्यानि हुन्थ्याे भन्ने लाग्या हाे तर तर साँच्चिकै आँफुलाई काँग्रेसकै जाेताहा सम्झिनेहरले यामलालले गर्या कुरा ठिकै हाे भन्या हाेलानकि अब” पख्लास चुनाब त सक्किन दे त्यसपछि हाेलास मुख्यमन्त्री” ? भनेर गालि गर्याहाेलान ? त्याे चाईँ तिनरुनै जानून हाम्लाई के काे खस्खस् । हैन्त !






