बैतडीमा बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रम  

बैतडी, १ फाल्गुन ।

निर्वाचन कार्यालयले यहाँ बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै यहाँका ८४ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

निर्वाचन आयोगको कार्यक्रमअनुसार बदर मतको सङ्ख्या कम गर्न र निर्वाचनमा धेरै मतदाताको सहभागिता गराउन आगामी फागुन ३ देखि १७ गतेसम्म प्रत्येक वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

सही तरीकाले मतदान गर्ने विषयमा मतदाता शिक्षा स्वयंसेवकले मतदातालाई उनीहरुकै घरदैलोमा पुगेर जानकारी गराउने उनले बताए । नयाँ मतदाता, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गरी व्यवहारिक अभ्याससहित कार्यक्रम सञ्चालन गरिने निर्वाचन अधिकारी भारतीले बताए । “बदर मतको सङ्ख्या घटाउन फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन्छ”, उनले भने, “मतदाता शिक्षा स्वयंसेवकले सही तरिकाले मतदान गर्ने विषयमा शिक्षा दिनेछन् ।”

मतदाता शिक्षा कार्यक्रमका लागि यहाँ ८४ जना मतदाता शिक्षा स्वयंसेवक खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बदर मतको सङ्ख्या घटाउनका लागि मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यक्रमअन्तर्गत मतपत्रमा सही चिन्ह कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी विषयमा जानकारी दिइने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए ।

मतदाता शिक्षा स्वयंसेवक छनौंट गरेर उनीहरुलाई आवश्यक तालिम दिने काम स्थानीय तहहरुले गरिरहेका सूचना अधिकारी दयालले जानकारी दिए । यहाँ १२९ मतदानस्थलमा २१४ मतदान केन्द्र रहेका छन् भने एक लाख ५६ हजार ३७२ मतदाता छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ ११ जना चुनावी मैदानमा रहेका छन् ।

बैतडीमा बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रम  

हुम्लाबाट गर्भवतीको हेलिकप्टरबाट उद्धार

बैतडीमा बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रम  

जुम्लामा अतिसंवेदनशील मतदान केन्द्रहरुको अनुगमन तीव्र

Leave a comment

Your email address will not be published. Required fields are marked *