जुम्लामा कम्युनिष्ट र कांग्रेसको इतिहासमै पुन लजास्पद हार

काली बहादुर परियार
जुम्ला,२५ फाल्गुन  ।

फागुन २१ गते बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको परिणाम पछि पुन जुम्लामा कम्युनिष्ट र कांग्रेसले इतिहासमै लजास्पद हार ब्यहोरेका छन् । जुम्ला जिल्लाका कतिपय ठाउँमा कम्युनिष्ट र कांग्रेसको बाहुल्यता रहेको ठाउँमा नै हार भएको छ । लामो सयम देखि कम्युनिष्ट र कांग्रेसले राज गरेको क्षेत्रमा अभियान्ता ज्ञानबहादुर शाहीको ईन्ट्र पछि यीनीहरुको हावा उडेको छ ।

नेपालको राजनीतिक इतिहासमा पहिलो पटक वामपन्थी दलहरूको जनमत कमजोर अवस्थामा पुगेको बेला जुम्लामा पनि यसको प्रभाव देखिदै आएको छ । संसदमा कुनैबेला ६० प्रतिशतभन्दा बढी पुगेका वामपन्थी दलहरू अहिले कमजोर भएका छन् ।

२१ फागुनमा भएको चुनावमा देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा जनमत बढेको छ । तर जुम्लामा भने यसको कुनै प्रभाव बढ्न सकेन । विगतमा कम्युनिष्ट र कांग्रेसले जित्दै आएको क्षेत्र जुम्लामा पुन राप्रपाले जित निकालेको छ । नेपालमा कम्युनिस्ट पार्टी पहिलो चुनाव २०१५ सालमा लडेको थियो ।

कांग्रेसले दुईतिहाइ सिट ल्याएको त्यो समयमा देशभरि चार जना कम्युनिस्ट नेताहरूले चुनाव जितेका थिए । जसमा तुलसीलाल अमात्य, शेख फर्मान, हरदयाल महतो, कमलराज रेग्मी थिए । पहिलोपटक चार सिट जितेको कम्युनिस्ट पार्टीले त्यसपछिका चुनावमा भने जनमत बढाउँदै लगेका थिए ।

२०४६ मा जनआन्दोलनको सफलतापछि २०४८ सालमा भएको आमचुनावमा जुम्ला बाट नेपाल मजदुर किसान पार्टी बाट डिल्ली बहादुर महतले १३ हजार २ सय ७० मत ल्याउदै नेपाली कांग्रेसका भीमप्रसाद श्रेष्ठ लाई पराजित गर्दै जित निकालेका थिए ।

त्यसबेला माले र माक्र्सवादी मिलेर बनेको नेकपा (एमाले)ले ६९ सिट जितेको थियो । यस्तै हरेक समयमा हुने निर्वाचनमा जुम्ला बाट कम्युनिष्टको नेतृत्वले ठाउँ पाएको समयमा केहि समय देखि हार ब्यहोरीरहेको छ । २०४८ पछि २०५१ सालमा भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिएका ललितजंग शाह लाई पछि पार्दै ६ हजार ५ सय ९१ मतका साथ भक्त बहादुर रोकाया बिजियी भएका थिए ।

२०५१ पछि २०५६ सालमा भएको निर्वाचनमा काँग्रेसका दीनबन्धु श्रेष्ठ लाई पराजीत गर्दै ११ हजार ३ सय २४ मतले नेकपा एमालेका देबिलाल थापाले जीत निकालेका थिए ।

यस्तै २०६४ मा भएको निर्वाचनमा काँग्रेस बाट पुुन दोहोरीएका दीनबन्धु श्रेष्ठ लाई पराजीत गर्दै तत्तकालीन नेकपा माओवादी केन्द्रका नेरेश भण्डारी २१ हजार १ सय २७ मत ल्याउदै बिजय हाँसिल गरेका थिए ।

यस्तै २०७० मा भएको निर्वाचनमा नेकपा एमालेका पदम बहादुर रोकाया लाई पछि पार्दै ११ हजार ८ सय ६६ मतले नेपाली कांग्रेसका ललितजंग शाही बिजयी भएका थिए ।

२०७० पछि २०७४ मा भएको निर्वाचनमा नेपाली कांग्रेसका देवेन्द्र बहादुर शाही लाई पराजीत गदै तत्तकाली नेकपा माओवादी केन्द्रका गजेन्द्रबहादुर महत २२ हजार १ सय ७३ मतका साथ बिजयी भएका थिए ।

यस्तै २०७९ मा भएको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रकी गोमा गौतम (कुवँर) लाई पछि पार्दै राप्रपाका ज्ञानबहादुर शाहीले २२ हजार २ सय १९ मत ल्याउदै जुम्ला बाट इतिहाँस रचेका थिए । उनको जित पछि संसदमा जुम्लाले गर्जने नेता पाएको जुम्ला बासीले महशुस गरेका थिए ।

२०७९ पछि पुरा कार्यकाल बिताउन नपाउदै भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले गर्दा २०८२ मा नै निर्वाचन गर्नुपरेको थियो । २०८२ फागुन २१ गते बिहिवार सम्पन्न भएको निर्वाचनमा कम्युनिष्ट र नेपाली काँग्रेसको गढ भत्काउदै पुन राप्रपाका ज्ञानबहादुर शाहीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नरेश भण्डारी लाई १४ हजार ८ सय १६ मत ल्याउर्दै बिजयी भएका छन् ।

नेपालको इतिहाँसमा जुम्लाले सांसद दोहोर्याउदैन भन्ने हल्ला सुनिथ्यो । तर यो निर्वाचनमा जुम्लाले इतिहाँसमा नगरेको काम गरेको छ । लामो समय देखि राज गरेका नेकपा र नेपाली काँेग्रेसको गढ नमज्जाले भत्कीएको छ ।

जुम्लामा कम्युनिष्ट र कांग्रेसको इतिहासमै पुन लजास्पद हार

कर्णालीमा दर्जनौँ उम्मेदवारको जमानत जफत

जुम्लामा कम्युनिष्ट र कांग्रेसको इतिहासमै पुन लजास्पद हार

एमालेका उम्मेदवार शान्तिलाल महतकाे चुनावी खर्च सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds