जन्मदिनको अवसरमा न्यानाे काख सेवा समाजलाई खाद्यान्न तथा फलफुल सहयोग

हस्त चाैलागाँई
कालिकोट,२६ पुस।

सान्नि त्रिवेणी गाउँपालिका वडा नं. ५ का जेन्जी युवा तथा निर्माण व्यवसायी सन्तोष शाहीले आफ्नो जन्मदिनको अवसर पारेर कालिकोटमा रहेको न्यानाे काख सेवा समाजलाई खाद्यान्न सामग्रीसहित फलफुल वितरण गरेका छन ।
हाल सुर्खेतमा बसोबास गर्दै आएका शाहीले सामाजिक उत्तरदायित्वको भावना अनुसार बालबालिकाको संरक्षण र स्याहारमा क्रियाशील न्यानाे काख सेवा समाज कालिकोटलाई सहयोग गरे । उक्त सहयोग कार्यमा उनका मामा पवन बमको समेत सहकार्य रहेको जनाइएको छ।
सहयोग स्वरूप चामल, दाल, तेल लगायतका खाद्यान्न सामग्री तथा विभिन्न किसिमका फलफुल प्रदान गरिएको थियो। जन्मदिनलाई औपचारिक रूपमा मनाउनुभन्दा समाजका असहाय तथा संरक्षणको खाँचोमा रहेका बालबालिकाको सेवामा समर्पित गर्ने उद्देश्यले सहयोग गरिएको सन्तोष शाहीले बताए ।
न्यानाे काख सेवा समाजले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक कार्यले संस्थामा आश्रित बालबालिकाको दैनिक जीवनयापनमा सहजता आउने विश्वास व्यक्त गरेको छ।

जन्मदिनको अवसरमा न्यानाे काख सेवा समाजलाई खाद्यान्न तथा फलफुल सहयोग

कालिकोटमा जिल्ला स्तरीय बाल भेला सुरु

जन्मदिनको अवसरमा न्यानाे काख सेवा समाजलाई खाद्यान्न तथा फलफुल सहयोग

जुम्ला कारागारमा कैदीबन्दीको स्वास्थ्य जाँच

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds